बजारमा नक्कली नोटको बिगबिगी, यसरी छुट्याउनुस् फरक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2019 | 01:13:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीले नक्कली नोट छाप्ने उपकरणसहित तीनजनालाई पक्राउ गरेको छ । बौद्ध महानगरीय प्रहरी वृत्तको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा नक्कली नोट छाप्ने उपकरणसहित दोलखा मैलुङ नगरपालिका–७ का २६ वर्षीय राजन परियार, ३५ वर्षीय सन्तोष नेपाली र २१ वर्षीय महेन्द्र नेपालीलाई आज बिहान पक्राउ गरेको हो ।

उनीहरुले दशैँ अगाडी बाट नै नक्कली नोट छाप्ने गरेको खुलेको छ । उनीहरुले नक्कली नोट दिएर रिचार्ज कार्ड किनेको पनि खुलेको छ  । प्रहरीले उनीहरुले छापेको नक्कली नोट बजार मै पुगीसकेकोले सजग हुन् आग्रह गरेको छ  ।

कसरि चिन्ने नक्कली नोट ? 

नेपाल राष्ट्र बैंकले बजारमा नक्कली नोटको प्रयोग बढ्न थालेपछि सक्कली नोट चिन्ने उपाय सिकाएको छ। सक्कली नोटको सुरक्षण बिशेषता सम्बन्धि जानकारी दिनको लागि १००, ५०० र १००० रुपैयाँ दरका नोट चिन्ने उपाय सिकाएको राष्ट्र बैंकले जनाएको छ। 

नोट पहिचान गर्दा कुनै एक मात्र सुरक्षण विशेषतामा भर नपरी उल्लिखित सम्पूर्ण सुरक्षण विशेषताहरु भए÷नभएको बारे यकिन गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ। उल्लिखित सुरक्षण विशेषताहरु सिरिज वि.सं. २०७३ (नोटको अग्रभागमा लेखिएको) अथवा २०१६ एडी (नोटको पृष्ठभागमा लेखिएको) नोटमा रहेका छन्। 

उक्त सिरिजभन्दा अघिल्लो रु. १००० दरको नोटहरुमा भएका सुरक्षण विशेषताहरु माथि उल्लिखित सुरक्षण विशेषताहरुभन्दा केही फरक रहेका छन्।    एक हजार दरका नयाँ नोट दृष्टीविहिनहरुले छामेर नै थाहापाउँछन भने पाँच सयका नोटमा पनि विशेष सुरक्षा अपनाइएको छ। 

हजारको सक्कली नोट चिन्ने तरिका:


पांचसयको सक्कली नोट चिन्ने तरिका:


पांचसयको सक्कली नोट चिन्ने तरिका:


सयको सक्कली नोट चिन्ने तरिका:


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved