एनआईसीका ग्राहकले ‘सस्तो टिकेट्स’बाट भुक्तानी गर्नसक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2019 | 04:20:58 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited का ग्राहकले ‘सस्तो टिकेटस्’ मार्फत हवाई टिकट तथा होटल बुक गर्न सक्ने भएका छन् । बैंक र सस्तो टिकेटस्बीच भएको सम्झौता बमोजिम बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्ग लगायत एनसीएचएल–कनेक्ट आईपीएस र अन्य कुनै पनि बैंकको फोन पे एप प्रयोग गरी हवाई टिकट तथा होटलको बुकिङ्ग अनलाईनमार्फत् भुक्तानी गर्न सक्ने भएका हुन् । 

सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सस्तो टिकेटस्को तर्फबाट अध्यक्ष सम्राट दाहालले हस्ताक्षर गरे ।

बैंकले हाल ३१० शाखा, ३८० एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved