वाणिज्य भन्दा विकास बैंकमा निक्षेपको तुलनामा कर्जा खाता दोब्बर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2019 | 04:40:58 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनेको संख्या करिब साढे १४ लाख पुगेको छ । नेपाल राष्ट्र बैंकको २०७६ भदौ मसान्त सम्मको तथ्याङक अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिनेको संख्या १४ लाख ३९ हजार ६ सय ४८ पुगेको छ ।

एक वर्षको अवधिमा नै बैंकबाट कर्जा लिनेको संख्या १ लाख ३९ हजार भन्दा बढीले बढेको नेपाल राष्ट्र बैंकको तथ्याङकले देखाउँछ । गत आर्थिक वर्षको भदौ मसान्तमा बैंकबाट कर्जा लिनेको संख्या १ लाख १ हजार रहेको थियो । बैंकहरुको कर्जा खाता मध्ये सबैभन्दा धेरै वाणिज्य बैंकको १० लाख ४७ हजार ५०० भन्दा माथि रहेको छ । त्यस्तै विकास बैंकको त्यस्तै विकास बैंकको ३ लाख ४९ हजार १ सय र फाइनान्स कम्पनीमा करिब ४३ हजार कर्जा खाता रहेको छ ।

२ करोड २९ लाख भन्दा बढी निक्षेप खाता रहेको वाणिज्य बैंकहरुले करिब साढे १० लाखलाई मात्रै कर्जा प्रभाव गर्दा करिब ४३ लाख निक्षेप खाता रहेको विकास बैंकहरुले भने करिब साढे ३ लाखलाई कर्जा प्रवाह गरेको दखिन्छ । बैंकहरुले गरेको कुल कर्जा र कर्जा खातालाई हेर्ने हो भने प्रतिव्यक्ति औषत २० लाख ६७ हजार भन्दा माथि कर्जा प्रवाह भएको देखिन्छ । भदौ मसान्त सम्ममा बैंकहरुले २९ खर्ब ७६ अर्ब ७४ करोड कर्जा प्रवाह भएको छ ।

विकास बैंकको कर्जा खाता तुलनात्मक रुपमा वाणिज्य बैंकको भन्दा बढी

विकास बैंकहरुले करिब १३ वटा निक्षेप खाता बराबर एउटा कर्जा खाता रहेको छ । तर वाणिज्य बैंकहरुले भने करिब २२ जनाबाट निक्षेप संकलन गर्दा १ जनालाई कर्जा प्रवाह गरेको तथ्याङकले देखाउँछ । फाइनान्स कम्पनीमा पनि १३ जना बाट निक्षेप संकलन गर्दा एक जनालाई कर्जा प्रवाह गरेका छन् । समग्र बैंकिङ क्षेत्रमा भने १९.३५ जनाबाट निक्षेप संकलन गर्दा एक जनालाई कर्जा प्रवाह भएको छ । वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा औषतमा २४ लाख ४४ हजारको करिबमा रहेको छ । यता विकास बैंकहरुको भने सानो कर्जाको संख्या बढी रहेको तथ्याङकले देखाउँछ ।

नेपाल राष्ट्र बैंकले १० लाख भन्दा सानो (एसएमई) कर्जामा आधार ब्याजदरमा दुई प्रतिशत भन्दा माथि प्रिमियम थप गर्न नपाइने र कुनै प्रकारको सेवा शुल्क लिन नपाउने ब्यबस्था गरेको छ । निर्वाहमुखि अर्थतन्त्र रहेको मुलुकमा घरेलु तथा साना उद्योगलाई प्रवद्धन नगर्ने हो भने सरकारको लक्ष्य पुरा हुन नसक्ने भन्दै राष्ट्र बैंकले यस्तो ब्यबस्था गरेको हो

तर विकास बैंकको ३० प्रतिशत कर्जा यस्तै प्रकृतिको रहेको सिइओहरु बताउँछन् । विकास बैंकहरुले प्रवाह गरेको कर्जा औषत ९ लाख ९५ हजार रहेको तथ्याङकले देखाउँछ । यस्तै फाइनान्स कम्पनीले लगानी गरेको कर्जा औषतमा करिब १६ लाख १९ हजारको रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved