बिग मर्जर गराउने राष्ट्र बैंकको एउटा 'अश्त्र' विफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2019 | 07:10:26 PM मा प्रकाशित

laxmi  sunrise bank

विग मर्जरको लागि क्रस होल्डिङ विवरण माग गरेको राष्ट्र बैंक यसबाट मर्जरको सम्भावना नरहेको निष्कर्षमा पुगेको छ । बैंकहरुले पठाएको विवरणको प्रारम्भिक् अध्ययन गर्दा मर्जरको सम्भावना नदेखिएको बैंकले जनाएको छ ।

२०७६ भदौ दोस्रो साता राष्ट्र बैंकले बैंकहरुरलाई १० दिनको अल्टिमेटम सहित मर्जरको प्रगति विवरण माग गरेको थियो। त्यस्तै भदौ दोस्रो सात फोर्स मर्जरको विकल्पको विषयमा अध्ययन गर्न भन्दै बैंकहरुसँग प्रोमोटर शेयर होल्डिंङको विवरण माग गरेको थियो ।

राष्ट्र बैंकले माग गरेअनुसार २८ वटै वाणिज्य बैंकले विवरण बुझाएको तर अपेक्षा अनुसार फार्स मर्जर गर्ने सकिने गरी क्रस होल्डिंङ नभेटिएको राष्ट्र बैंकले जनाएको छ । क्रस होल्डिंङबाट सोचेजस्तो उपलब्धी आउने नदेखिएको भन्दै राष्ट्र बैंक स्रोतले भन्यो ' ‘कुनै पनि प्राकृतिक व्यक्तिले कुनै एउटा बैंकमा १५ प्रतिशत भन्दा बढी लगानी रहेको छ भने अर्को बैंकमा १ प्रतिशत भन्दा बढी प्रमोटर शेयर लिन नपाउने भन्ने ब्यवस्था रहेको छ, त्यसलै यसबाट पनि कुनै उपलब्धी होला जस्तो छैन ।’

राष्ट्र बैंककै अर्का एक अधिकारीले भने बैंकहरुबीच क्रस होल्डिङ भएको तर फोर्स मर्जर गराउने गरि नै भने क्रस होल्डिङ नरहेको बताए । संस्थागत लगानीकर्ताहरु नागरिक लगानी कोष र कर्मचारि संचय कोषको मात्रै रहेको र यस्तो लगानीमा कुनै समस्या नरहेको राष्ट्र बैंक स्रोतले जनाएको छ । प्राकृतिक व्यक्ति र निजको परिवारमा भने त्यस्तो क्रसहोल्डिङ नरहेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

सेञ्चुरी र प्राइम कमर्सियल बैंकमा नेवार समुदायको केही लगानीकर्ताको क्रस होल्डिङ भएपनि ठुलो मात्रामा भने नरहेको स्रोतले जनाएको छ । त्यस्तै मारवाडी समुदायको वर्चश्व रहेको सिद्धार्थ बैंक, एनएमबी बैंक, लक्ष्मी बैंक, सनराइज बैंक, एनआईशी एशिया लगायतका बैंकमा पनि क्रसहोल्डिङ रहेका छ । तर फोर्स मर्जर गराउन राष्ट्र बैंकले खोजेजस्तो क्रस होल्डिङ नरहेको नभएकोले राष्ट्र बैंक पटि हटेको स्रोत बताउँछन् ।

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ भएका बैंकहरुलाई मर्जरमा प्राथमिकता दिने उल्लेख गरिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved