बिजपाटी सम्बाददाता     Oct 23, 2019 | 03:23:49 PM



sunrisebank

प्रभु बैंक Prabhu Bank Limited ले चितवन जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्स्टेन्सन काउण्टरको चितवनका प्रमुख जिल्ला अधिकृत जितेन्द्र बस्नेतले उद्घाटन गरे ।

उक्त काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने बैंकको विश्वास छ । 

प्रभु बैंकले हाल १९६ वटा शाख, १५२ वटा एटिएम, ३५ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिँदै आएको छ ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7