गभर्नरको दौडमा आधा दर्जन आकांक्षी, राजनीतिक दाउपेचमा कसको पल्ला भारी ?

विजय पराजुली

विजय पराजुली

Oct 23, 2019 | 06:00:57 PM मा प्रकाशित

laxmi  sunrise bank

गभर्नर डा. चिरंजीवि नेपालको कार्यकाल सकिन ५ महिना बाँकी रहँदै नयाँ गभर्नरको चर्चा सुरु भएको छ। नेपाल राष्ट्र बैंकको आगामी नेतृत्त्वमा   बहालवाला डेपुटी गभर्नरदेखि पुर्व कार्यकारी निर्देशकहरुको नाम चर्चामा छ।

गभर्नरको लागि आधा दर्जन आंकाक्षी रहेको स्रोत बताउँछ। नेपाल सरकारको सचिव भन्दा माथिल्लो वरियताक्रम रहने गभर्नरको लागि राष्ट्र बैंकका पुर्व र बहालवाला अधिकारीलाई नै राजैतिक नेतृत्वसँगको भेटघाटलाई तिव्र बनाएका छन् । 

बहालवाला डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, पुर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका सिइओ महाप्रसाद अधिकारी र राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक तथा योजना आयोगका पुर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ गभर्नरको लागि प्रवल दाबेदार रहेको छ। 

२०७२ फागुनमा तत्कालिन एमालेको कोटाबाट डेपुटी गभर्नर बनेका चिन्तामणी शिवाकोटी आगामी गभर्नर बन्नको लागि तिव्र लविङमा लागेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन। यता अर्थमन्त्री र प्रधानमन्त्री दुबैको विश्वास जित्न सक्ने भनेर चिनीएको लगानी बोर्डका सिइओ महाप्रसाद अधिकारी पनि गभर्नर पदका बलियो दावेदार हुन् । 

त्यस्तै प्रचण्ड सरकारको पालामा योजना आयोगका उपाध्यक्ष बनेका डा. मिनबहादुर श्रेष्ठलाई गभर्नर बनाउने लाइनमा प्रचण्ड रहेको वित्तीय क्षेत्रमा चर्चा चलिरहेको छ। नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्ने लाइनमा रहेका भिष्मराज ढुंगानालाई अध्यक्ष बनाउने र त्यसको बदलामा श्रेष्ठलाई गभर्नर बनाउनुपर्ने लाइनमा प्रचण्ड रहेका छन। अर्का दावेदार महाप्रसाद अधिकारी  लगानी बोर्डमा नै भएकोले अवको गभर्नर श्रोष्ठलाई नै बनाउनुपर्ने प्रचण्डको लाइन छ। 

आलोपालो ५ वर्ष सरकार चलाउने र साढे दुई वर्ष पछी आफु प्रधानमन्त्री रहंदा श्रेष्ठलाईनै गभर्नर बनाउने योजनामा रहेका प्रचण्ड ओलीले  सरकारको नेतृत्व नछाड्ने भएपछी श्रेष्ठलाई गभर्नर बनाउने योजनामा पनि धक्का लाग्न सक्ने देखिन्छ। 

यद्यपी वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल पनि फागुनमा नै सकिन लागेको र आफु निकटको व्यक्तिलाई अर्थमन्त्री बनाएर अर्थमन्त्रीको माध्यमबाट भएपनि श्रेष्ठलाई गभर्नर बनाउने लाइनमा प्रचण्ड रहेको बताइन्छ।

यता गभर्नरको अन्य दावेदाहरुमा बोर्डको अधयक्ष बन्न लागेको भन्दै चर्चा चलेका भिष्मराज ढुङगानाले पनि गभर्नरमा पनि बार्गेनिङ गरिरहेको बताइन्छ । त्यस्तै बोर्डका अध्यक्षमा दावि गरीरहेको भनेर चर्चा चलेका नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारी र भाष्करमणी ज्ञवाली पनि गभर्नर बन्ने लाइनमा रहेको स्रोतले जनाएको छ । ढुङगाना, ज्ञवाली र अधिकारी तिनै जना राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक हुन् । गभर्नरको अर्का दावेदारमा राष्ट्र बैंकका वर्तमान संचालक समिति सदस्य सुवोध कुमार कर्ण पनि रहेको चर्चा रहेको छ।

आधा दर्जन व्यक्ति गभर्नरको दौडमा रहेपनि कसको पल्लाभारि हुन्छ भन्ने कुरा अन्तिम समयमा गरिने 'क्यास र कमिटमेन्ट' ले समेत निर्धारण हुने जानकारहरु बताउँछन। राष्ट्र बैंकको गर्भनर अर्थमन्त्रीको सिफारिसमा मन्त्रिपरिषदले गर्ने कानुनी ब्यवस्था छ।  

वर्तमान गभर्नर डा. चिरंजीवि नेपालको कार्यकाल आगामी चैत्र ५ गते सकिदै छ। कार्यकाल सकिनुभन्दा एक महीना अगाडीबाट बिदा बस्ने प्रचलन अनुसार गभर्नर नेपाल पनि फागुनको पहीलो साताबाट नै बिदामा बस्नेछन् । २०७१ चैत्रमा गभर्नर नियुक्त भएका चिरंजीवी नेपाल आफ्नो ५ वर्ष कार्यकाल पुरा गरेर बाहीरिने भएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved