तिहारको सार्वजनिक विदामा पनि ग्राहकको सेवामा उपस्थित छन यी बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 28, 2019 | 10:35:36 PM मा प्रकाशित

laxmi  sunrise bank

तिहारको सार्वजनिक बिदामा समेत केहि बैंक वित्तीय संस्थाहरुले शाखा खोलिरहेका छन। पैसा निकाल्न एटिएमको विकल्प भएपनि यसले ग्राहकलाई पूर्ण सुविधा नपुग्ने भएको भन्दै दर्जन बढी बैंकहरुले शाखा खोलेर नै बैंकिंङ सेवा दिइरहेका छन।  

तिहारको सार्वजनिक विदामा समेत शाखा खोलेर बैंकिङ सेवा दिइरहेका बैंकहरुले सूचना नै जारी गरेर सेवा उपलब्ध भएको जानकारी गराएका छन। 

निजि क्षेत्रका बैंकले मात्र नभई सरकारी स्वामित्वको कृषि विकास बैंकले तिहार बिदामा समेत सेवा खुला राखेको छ। बैंकले बिर्तामोड, विराटनगर, धरान, फिक्कल, दमक, गाइघाट, लहान, राजविराज, शिवकचोक, बदिृबास, मलंगवा, जलेश्वर, वीरगञ्ज, हाकिमचोक, सौरहा, लगनखेल, पुतलीसडक र प्रधान कार्यालय रहेको स्थान रामशाहपथमा समेत सेवा दिने बताएको छ। बैंकले तिहार बिदाको बेला अर्थात् कात्तिक १० र ११ गते शाखा खोल्ने बताएको छ । भाइटीकाको दिन १२ गते भने बैंक बन्द रहनेछ ।

त्यस्तै निजि क्षेत्रका एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, मेगा बैंक नेपाल, सिभिल बैंक, स्ट्याण्डर्ड चाटर्ड, कुमारी बैंक र सिद्धार्थ बैंक तिहारको बिदामा सेवा दिने बताएका छन् । एनएमबि बैंकले आफ्नो ५ शाखाबाट लक्ष्मी पूजा र गोवर्द्धन पूजाको दिन सेवा दिने जानकारी दिएको छ ।

कुमारी बैंकले आफ्ना ५ वटा शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गर्ने भएको छ । बैंकले उक्तमध्ये दुई शाखा कार्तिक १० र ११ गते खोल्नेछ भने बाँकी ३ शाखा कार्यालय कार्तिक १० गते मात्र खुल्ला रहने छ ।

ग्लोबल आइएमई बैंकले लक्ष्मी पूजा, गाईतिहारका साथै भाइटिकाका दिन समेत कान्तिपथ शाखाबाट सेवा दिने बताएको छ । एनएमबि बैंकका अनुसार काठमाडौंको कान्तिपथ, विराटनगर, पोखरा, फिदिम र बुटवलको शाखामार्फत सेवा दिने बताएको छ ।

स्टाण्डर्ड चार्टडको लाजिम्पाट, लतिपुर, न्यूरोड र बिराटनगर शाखा कार्यालयहरु खुला रहने बताइएको छ। सिद्धार्थ बैंकले उपत्यकाभित्र ४ र उपत्यका बाहिरका १० वटा गरी १४ शाखाबाट तिहार बिदामा सेवा दिने बताएको छ । उपत्यकाभित्र न्यूरोड र तिनकुने शाखा खुला रहने बताएको छ।

त्यस्तै सिभिल बैंकले केन्द्रिय कार्यलय सहित आफ्ना १३ वटा शाखा मार्फत तिहार विदाको बेलामा पनि बैंकिंङ सेवा दिने भएको छ। बैंकले शनिबार भैरहवा शाखा र आइतबार मुख्य शाखा, कमलादी, इटहरि, पोखरा लगायतका १२ शाखा तथा सोमबार मुख्य शाखा सहित ५ शाखा कार्यालय मार्फत बैंकिंङ सेवा दिइरहेको छ।    

बैंकले बिदाका बेला शाखा कार्यालयहरु बिहान १० बजेदेखि २ बजेसम्म खुल्ला रहने जानकारी दिएको छ । यस अवधिमा बैंकले नगद जम्मा गर्ने र चेक सटही लगायतका काम मात्रै गर्नेछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved