सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited १६ औ बर्षमा प्रवेश गरेको छ । बैंकले केन्द्रीय कार्यालय बालुवाटारमा केक काटेर १५ औ बार्षिकउत्सव मनाएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले केक काटेका हुन्।
बार्षिक उत्सवकै अवसरमा बैंकले रक्तदान कार्यक्रम गर्ने भएको छ । बैंकले कार्तिक १५ गते शुक्रबार रक्तदान कार्यक्रम गर्ने र शनिबार बैंकका कर्मचारी तथा ग्राहकको उपस्थितिमा प्रभातफेरी कार्यक्रम गर्ने जनाएको छ ।
बैंकले सातवटै प्रदेशमा गरि ८७ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।