बोर्ड बैठक चल्दै गर्दा बाहिरिए डेपुटी गभर्नर श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2019 | 06:31:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको संचालक समितिको बैंठकबाट डेपुटी गभर्नर शिवराज श्रेष्ठ बाहीरिएको छन। राष्ट्र बैंकले मर्जको विषयमा छलफल गर्ने एजेन्डा सहित आइतबार बोर्ड बैंठक बोलाएको थियो । बैंठकमा मर्जरको विषय लगायत अन्य विषयमा छलफल सकेपछि गभर्नरले डेपुटी गभर्नर श्रेष्ठको विष्यमा छलफल गर्ने प्रस्ताव गरेका थिए । गभर्नरको प्रस्ताव संगै श्रेष्ठ बैठकबाट बाहिरिएका हुन् ।

बैठकमा श्रेष्ठमाथि छानविन गर्ने विषयमा छलफल गर्ने कार्य सुची थियो। डेपुटी गभर्नर श्रेष्ठ माथि बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सघाएको, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना संकलन गर्न राष्ट्रसंघको सहयोगमा पाँच वर्षअघि लिइएको सफ्टवेयर प्रणाली लागू गर्न असहयोग गरेको, लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको, रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै व्यापारी अजेयराज सुमार्गीलाई साथ दिएको लागायतका आरोप लागेको छ ।

आफ्नोबारेमा छलफल हुने भएपछि नैतिकतामा आधारमा आफु निस्किएको श्रेष्ठले बताए । उनले आफु बैठकबाट बाहिर निस्किएर कार्यालय मै बसिरहेको बिजपाटीलाई बताए ।

तिहार अगाडीको मन्त्रीपरिषद बैंठकले श्रेठमाथि छानविन गर्न राष्ट्र बैंक संचालक समितिलाई निर्देशन दिएको र सोही बोमोजीम आज उक्त विषयमा पनि राष्ट्र बैंकमा छलफल सुरु भएको हो । आजको बोर्ड बैंठकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई नेपाल कम्युनिटीलाई एक्वायर गर्न र अन्य दुई लघुवित्तलाई पनि मर्जरको लागि स्वीकृत समेत प्रदान गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved