गैरकानुनी काममा पनि एनआईसी एसिया पछ्याउँदै अन्य वाणिज्य बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2019 | 01:09:38 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरुले आउटसोर्सिङ मार्फत कर्मचारी ल्याएर कोर बैंकिङमा लगाएको पाइएको छ। आउटसोर्सिङ मार्फत कर्मचारी आपूर्ति गर्न छुट भएपनि यसरि ल्याइएका कर्मचारीलाई कोर बैंकिङमा काम लगाउन नपाईने नेपाल राष्ट्र बैंकको कानुनी व्यवस्था छ।

जोखिम बढ्न गई जनताको पैसा असुरक्षित भएको निष्कर्ष निकाल्दै नेपाल राष्ट्र बैंकले केहि बर्षअघि एकिकृत निर्देशन मार्फत कोर बैंकिङको लागि कर्मचारी नियुक्त गर्दा सोर्सिंङ गर्न नपाइने कानुनी व्यवस्था गरेको थियो।

राष्ट्र बैंकले उक्त व्यवस्था गरेपश्चात कोर बैंकिङको लागि आउटसोर्सिङको कार्यमा कमि आएको थियो। तर नाम चलेको एनआईसी एसिया लगायतका बैंकले कोर बैंकिङको लागि आउटसोर्सिङ गर्दा समेत नेपाल राष्ट्र बैकले कुनै कारबाही गरेको छैन । राष्ट्र बैंकले कारबाही नगरेकाले अन्य बैंकहरुमा समेत यस्तो अभ्यास बढेको पाइएको छ। त्यस्तै स्ट्याण्डर्ड चार्टड बैंकमा समेत कोर बैंकिंङको लागि कल आउटसोर्सिङ हुने गरेको पाइएको छ।

आउटसोर्सिङबाट कोर बैंकिङको कार्य गराउदै आएको एनआईसी एसियाले करारका कर्मचारीहरुको श्रम शोषण गर्ने गरेको कर्मचारी युनियनका अधिकारिहरुको भनाई छ। बैंकहरुले कर्मचारी विनियमावली बनाउँदा नै आफ्नो अनुकुलता अनुसार ६ महीना अथवा बढीमा १ वर्षसम्म करारमा कर्मचारी राख्न पाउने ब्यवस्था गरेको हुन्छ।

बैंकले सोही विनीयमावली अनुसार करार कर्मचारीलाई करार सम्झौता गर्ने र करार सम्झौताको अवधि सकिन लागेपछी उक्त कर्मचारीलाई विभिन्न बहानामा जागीरबाट हात धुनुपर्ने अवस्था सिर्जना गराउने गरेका छन् । बैंकले पुन: त्यहि कर्मचारीलाई अर्को करारपत्र दिएर नियुक्त गर्ने गरेको कर्मचारी युनीयनका एक पदाधिकारीले बिजपाटीलाई बताएका छन। करारका कर्मचारीलाई स्थायी बनाउँदा थप सेवा सुविधा दिनुपर्ने र यसले बैकको खर्च बढ्ने भएकाले एनआइसी एसियामा करारकै अवधिमा कर्मचारी निकाल्ने अभ्यास भएको स्रोतको दाबि छ। अधिकांश बैंकले पछिल्लो समय पुरा समयका लागि आउटसोर्सिङ गर्ने गरेका छन्।

के हो आउटसोर्सिङ ?

सामान्यतया आउटसोर्सिंङ भन्नाले अर्को कम्पनीबाट सेवा लिनु बुझिन्छ। यस सन्दर्भमा आउटसोर्सिंङ भन्नाले बैंकले अर्को कम्पनीसंग सम्झौता गरेर आफ्नो आवश्यकताअनुसार त्यहाँबाट कामदार लिनु भन्ने बुझिन्छ। यसरि कम्पनीसंग सम्झौता गरेर कामदार लिंदा बैंक र कामदारबीच कानुनी रुपमा कुनै सम्बन्ध हुदैन। बैंकले निश्चित रुपैयाँ कामदार उपलब्ध गराउने कम्पनीलाई भुक्तानी गर्छ र कम्पनीले आफुसंग भएको सम्झौताअनुसार कामदारलाई भुक्तानी गर्ने गर्दछन।

बैंक लगायतका बिभिन्न संघ संस्थाले आफ्नो लागत कटौती गर्नको आउटसोर्सिंङको विकल्प रोज्ने गरेका छन। नेपालको कानुनले आउटसोर्सिंङलाई कानुनी मान्यता दिएपनि बैंकहरुले यसरि आउटसोर्सिंङ मार्फत कामदार ल्याएर कोर बैंकिंङ गराउनलाई भने नेपाल राष्ट्र बैंकले रोकेको छ।

बैंकहरुले किन प्रयोग गर्छन आउसोर्सिङ ?

बैंकहरुले करारमा वा स्थायी कर्मचारी नियुक्त गर्दा सोही पदमा कार्यरत अन्य कर्मचारीलाई झैं सेवा तथा सुविधा प्रदान गुर्नपर्ने हुन्छ। तर आउटसोर्सिङ मार्फत कर्मचारी नियुक्त गर्दा आउटसोर्सिङ कम्पनीलाई सम्झौताअनुसार निश्चित रकम भुक्तानी गरे पुग्छ। बैंकहरुले करार अथवा स्थायी नियुक्ती गर्दा एक जना कर्मचारीलाई प्रदान गर्ने सेवासुविधाले आउटसोर्सिङ मार्फत कर्मचारी ल्याउँदा ३ जनासम्म कर्मचारीलाई धान्न सक्ने बैंकिङ क्षेत्रमै क्रियाशिल ट्रेड युनीयनका पदाधिकारीहरु बताउँछन्।

बिगतमा बैंकलाई बीमा सेवाको अनुमति दिंदा एनआईसी एसियाले आक्रामक रुपमा गलत तरिकाबाट बीमा पोलिसी बिक्रि गर्दा समेत राष्ट्र बैंकले कुनै कारबाही नगरी सेवा नै बन्द गर्यो । अहिलेपनि कोर बैंकिंङ बाहेकका काम गर्न आउटसोर्सिङ गर्न पाउँदा बैंकको खर्च घट्न गएको छ। तर आउटसोर्सिङको दुरुपयोग बढ्दै जाने र राष्ट्र बैंकले गलत गर्नेलाई कारबाही नगर्ने हो भने भोलिका दिन बैंक मार्फत बीमा सेवा झैं आउटसोर्सिङ सुविधा रोकिनेमा केहि बैंकहरुले चिन्ता जनाएका छन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved