बीमा सुविधासहित सानिमाको नयाँ बचत खाता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2019 | 04:35:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited ले स्वास्थ्य परिक्षण तथा बीमा सुरक्षण सुविधा सहितको सानिमा दीर्घायु बचत खाता तथा सानिमा दीर्घायु तलब खाता ल्याएको छ । यो योजना अन्तर्गत बैंकले तोकेका अस्पतालहरुबाट ग्राहकले ५ हजारको बार्षिक स्वास्थ्य परिक्षण सुविधा पाउने छन् । नेपाल र भारतमा हुने उपचारमा १ लाख सम्मको औषधि उपचार बीमा सुविधा पनि पाउने बैंकले जनाएको छ । 

यस्तो खातावाला ग्राहकको दुर्घटना भई मृत्यु वा कुनै अंग स्थायी रुपमा असक्षम भएमा एक मुष्ठ २० लाख बीमा रकम दावी गर्न सक्ने बताईएको छ ।

यस बाहेक ग्राहकलाई ६ घातक रोगहरुको रक्षावरण सहितको ३ लाख रुपैया बीमा तथा २५००० को मृत्यु लाभ हुने बीमा बैंकले गरीदिने छ । 

सानिमा बंैकको हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७५ वटा ए.टि.एम मार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved