बैंक वित्तीय संस्थाहरुले कर्मचारीमा हुने खर्च कटौतीका लागि गैरकानुनी रुपमा 'बोन्डीङ' गर्ने गरेको पाइएको छ। यसरि कर्मचारी भर्ना गर्नेमा व्यवसायीक रुपमा बैंकिंङ गर्दै आएको दाबि गर्ने सानिमा र एभरेष्ट बैंक अगाडी देखिएका छन भने जनता, लक्ष्मी लगायतका अन्य बैकहरुले पनि यस्तो अभ्यास गरेको पाइएको छ।
बैंकिङ क्षेत्रमा ६ महिना वा बर्षदिनसम्मको लागि कर्मचारी बोन्डीङ गर्ने अभ्यास रहेपनि सानिमा, एभरेष्ट, सिटिजन, लक्ष्मी लगायतका केहि बैंकले ४ बर्षको लागिसम्म बोन्डीङ गरेको पाइएको छ। केहि कर्मचारीले बैंकलाई पैसा नै तिरेर जागिर छाडेको समेत पाइएको छ।तोकिएको अवधि भन्दा पहिलेनै छाड्दा वा एक्कासि काम छाड्छु भन्ने अवस्थामा अधिकांश बैंकहरुले कर्मचारीबाट पैसा असुल्ने गरेका छन।
बोन्डीङ अवधि नै तोकेर सर्तसहित कर्मचारी भर्ना गर्ने प्रकृया हो। यी बैंकहरुले कर्मचारी बिनियामावालीमा उल्लेख नगरी कर्मचारी बोन्डीङ गर्ने गरेको पाइएको छ।
बैंकहरुमा छोटो अवधिमा छिटो छिटो जागिर छाड्ने प्रवृति बढेकाले कर्मचारी बिनियामावाली नै उल्लेख गरेर केहि महिना वा १ बर्षसम्म जागिर छाड्न रोक लगाउने अभ्यास ठिक भएको बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका सीईओ ज्ञानेन्द्र प्रसाद ढुंगानाले बताए।
बैंकहरुले तालिम तथा अन्य धेरै कुरामा कर्मचारीको लागि लगानी गरेको हुन्छ। कर्मचारीले बढुवा लिन्छ। अनी बढुवा लिने वित्तीकै अर्को बैंकमा माथिल्लो पोष्टको लागि बार्गेनिङ गर्न पुग्छ। जुन कुरा बैंकिङ क्षेत्रको लागि पनि राम्रो नभएकाले यसलाई रोक्न प्राय सबै बैंकले केही महीना अथवा १ वर्ष सम्मको लागि भने जागिर छाड्न रोक लगाएको हुन्छ। तर पनि विशेष परिस्थतिवस काम छोड्नु परेमा अथवा अध्ययनको शिलशिलामा विदेश जानु पर्ने भएमा कर्मचारीलाई बैंकहरुले यस्तो सम्झौतामा नअल्झाउने ढुंगानाको दाबि छ।
हरेक निकायका कर्मचारीले तालिम लिन्छन अथवा अध्ययनका लागि विभिन्न भ्रमण पनि गरेका हुन्छन। संस्थाले लगानी गरेको कर्मचारीलाई निश्चित समयसम्म रोक्न भने कानुनले पनि मान्यता दिने ढुङ्गाना बताउँछन्। तर बन्डीङका नाममा कर्मचारीलाई शोषण भने गर्न नहुने ढुङगानाले बताए।
कर्मचारी बिनियामावालीमा उल्लेख नगरी लामो अवधिका लागि कर्मचारी बन्डीङ गर्नु गलत भएको ढुंगानाको भनाई छ। ‘यदी कुनै बैंकले कर्मचारी विनियमावलीमा उल्लेख नगरी त्यस्तो सम्झौता गर्छ भने त्यो सरासर गैरकाुनी हो’ उनले भने।
यता नेपाल राष्ट्र बैंक नियमन विभाका प्रमुख तथा कार्यकारी निर्देश देव ढकाल पनि कर्मचारीले आफुले चाहेको बेला काम छाड्न नपाउने भन्ने नभएपनि निश्चित समय भन्दा अगाडी जानकारी गराएर मात्रै काम छोड्न पाउने भन्ने ब्यवस्था भएको बताउँछन। तर यो बयवस्था पनि कर्मचारी विनीयमावलीमा नै उल्लेख हुनुपर्ने उनको भनाई छ।
सानिमा लगायतका बैंकमा कर्मचारी नियुक्त गर्दा कर्मचारी बिनियामावाली भन्दा छुट्टै सम्झौता गराउने र निश्चित समय अगाडी जानकारी गराएर काम छाड्दा ३ महिना बराबरको तलब तथा सेवा छाड्नुपरेको बैंकिंङ क्षेत्रका कर्मचारीको हकहितका लागि क्रियाशील ट्रेड युनियनका कर्मचारीहरु बताउँछन। सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल पनि कर्मचारी युनियनका पदाधिकारी बनिसकेका बैंकर हुन्। तर दाहालको नेतृत्त्व रहेको बैंकमा नै कर्मचारीहरुमाथि यस किसिमको अन्याय हुँदा अन्य बैंकको अवस्था कस्तो होला भन्ने प्रश्न समेत उठेको छ।
यस्तो अवस्थामा पहुँवालाल कर्मचारीले नियामक नेपाल राष्ट्र बैंकमा उजुरी गरेर भएपनि उक्त सेवासुविधा लिने गरेको तर सोझा कर्मचारी भने बैंकको आफ्नो परिश्रमबाट फल समेत नपाउने गरेको ति अधिकारिहरुको भनाई छ।
कर्मचारीहरुले स्वच्छाले काम छोड्न पाउने उसको सार्वभौम अधिकार भएपनि बैंकहरुले विभिन्न बहानामा बन्डीङ गरेर जबर्जस्ति काम लगाउँदा समेत सरोकारवाल निकाय भने बेखबर रहेको गुनासो बढेको छ।
के हो बोन्डीङ ?
कर्मचारी बन्डीङ भनेको तोकिएको अवधिसम्म काम छाड्न नपाइने गरि कर्मचारी भर्ना गर्ने प्रकृया हो। कर्मचारी बन्डीङ नेपाल राष्ट्र बैंकदेखि निजामति सेवामा समेत हुने गर्छ। तर यसको निश्चित मापदण्ड भने हुन्छ।
कर्मचारीबाट हुन सक्ने चोरी, बेइमानीबाट हुन् सक्ने क्षतिबाट बैंक वित्तीय संस्था वा अन्य कम्पनीलाई बचाउन बोन्डीङ गर्ने गरिन्छ। यो एक प्रकारको बन्धन हो। जब कर्मचारी पैसा वा शक्तिको पहुँचमा पुग्छन, त्यस्तो बेला संगठनको सुरक्षा गर्नलाई बन्धन अर्थात बोन्डीङ गर्ने गरिन्छ। कम्पनीहरूले सम्पत्ति बिग्रने स्थितिमा ग्राहकहरूलाई सुरक्षा दिनका लागि पनि कर्मचारीहरूलाई बन्धन गर्दछन्।
रोजगारदाताहरूले काममा लिने प्रक्रियाको बन्धन सुरू गर्न सक्दछन्। कम्पनीले प्रारम्भिक पृष्ठभूमि अनुसन्धान गरि यस्तो बन्धनमा रहेर काम गर्न नचाहनेलाई काममा नराख्न सक्छन।