निलम्बित डेपुटी गभर्नर श्रेष्ठसँग डेढ लाख कित्ता शेयर, ६२ तोला सुन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2019 | 11:42:45 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका निलम्बीत डेपुटी गभर्नर शिवराज श्रेष्ठ करोडौंको मालिक रहेको देखिएको छ । पद बहाली गर्ने क्रममा उनले राष्ट्र बैंकमा बुझाएको सम्पति विवरणले यस्तो देखाएको हो ।

श्रेष्ठ र उनको परिवासँग काठमाडौंको बालाजु र धापासीमा गरेर २ वटा घर रहेको छ । त्यस्तै उनीसंग धापासीमै जग्गा तथा ६२ तोला सुन र ६०० तोला चाँदी रहेको छ । यस्तै उनी र उनको परिवार सँग विभिन्न बैंक तथा वित्तीय संस्थाको डेढ लाख कित्ता बढी  शेयर र सरकारी बचतपत्रमा मात्रै १ करोड ७ लाख भन्दा बढी लगानी रहेको छ ।

यस्तै उनीसँगै २ लाख पर्ने हीराको औंठी र ७२ हजार नगद समेत रहेको उनको सम्पती विवरणमा उल्लेख छ । यसको अलावा उनी र उनको परिवारसँग विभीन्न बैंक तथा वित्तीय संस्थामा गरेर करिब २ करोड बचत रहेको छ ।

राष्ट्र बैंकले उनी माथि छानविन सुरु गरेको छ ।   नेपाल राष्ट्र बैंकका संचालक श्रीराम पौडेलको नेतृत्वमा रहेको छानविन समितिमा रामजी रेग्मी र डा. सुवोध कुमार कर्ण रहेका छन् । उक्त समितिले सम्पति शुद्धिकरण आयोगसँग समेत समन्वय गरी छानविन सुरु गरीसकेको छ । 

हेर्नुस उनको सम्पति विवरण : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved