वाणिज्य बैंकको ‘इम्पावरमेन्ट एकेडेमी’, ३० युवालाई निशुल्क तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2019 | 05:14:26 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले 'RBB Empowerment Academy'कार्यक्रम सुरु गरेको छ । कार्यक्रमका लागि प्रदेश नम्बर ३ बाट अनलाइन मार्फत आवेदन दिएका १ हजार ७०७ युवाहरु मध्येबाट छनौट भएका ३० जना युवाहरुलाई ३ दिने तालिम प्रदान गर्ने उद्धेश्यले बैंकले कार्यक्रम सुरु गरेको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट युवा वर्गले बैंकिङ्ग क्षेत्रका उपलब्धि सिक्न सक्ने बताए । उनले वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवाहरुले यसबाट लाभ लिन सक्ने बताएका छन् । 

पहिलो चरणमा एकेडेमीले २०७६ कार्तिक १ गते बाट १५ गते सम्म प्रदेश नं.३ का नागरिकता भएका स्नातक र स्नाकोत्तर डिग्री भएका २८ वर्ष मुनिका युवाहरुलाई मात्र लक्षित गरी निःशुल्क अनलाइन आवेदन आव्हान गरिएको थियो । 

बैंकरहरुद्धारा निःशुल्क रुपमा दिइने यस तालिममा बैंकिङ्ग, टेक्निकल तथा परिक्षा तयारी सम्बन्धि तालिम दरबारमार्गमा प्रदान गरिनेछ । तीन दिनको तालिम पश्चात बैकले ३० जना सहभागीहरुलाई तीन महिनाको पेड इन्टर्नको रुपमा लिनेछ । यो कार्यक्रम बैंकले अन्य प्रदेशमा पनि संचालन गर्ने छ । 

बैंकले हाल २३८ वटा शाखा, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved