बिजपाटी सम्बाददाता     Nov 11, 2019 | 04:39:20 PM



कुमारी बैंक Kumari Bank Limited ले का.म.न.पा. १ कमलपोखरीस्थित कमल आधारभूत विद्यालयलाई सहयोग गरेको छ । बैंकले विद्यालयलाई ५ थान कम्प्युटर तथा कक्षा ९ का जेहेन्दर विद्यार्थी तुलसी राम चन्दलाई छात्रवृत्रि रकम प्रदान गरेको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले विद्यालयका प्रधानाध्यापक मान बहादुर खड्कालाई सहयोग हस्तान्तरण गरे । बैंकले सामाजिक उत्तरदायित्व अन्र्र्तगत सहयोग गरेको जनाएको छ ।

कुमारी बै.कले हाल ११२ शाखा, १०० एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा १७ शाखारहित बैंकिङ्ग ईकाई मार्फत सेवा दिँदै आएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7