अब आयकर बाहेकको नउठेको ब्याजकाे मात्रै रिजर्भ (निर्देशन सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2019 | 09:28:21 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थाहरुले नउठेको ब्याज आम्दानीको आयकर तथा कर्मचारी बोनस कट्टा गरेर बाँकी रहेको रकमलाई संचित मुनाफाबाट कट्टा गरेर नियमनकारी कोषमा जम्मा गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशनमा संशोधन गर्दै यस्तो ब्यबस्था गरेको हो ।

यसअघि उठ्न बाँकी सम्पुर्ण ब्याज आम्दनीलाई संचित मुनाफाबाट कटाएर नियमनकारी कोषमा जम्मा गर्नुपर्ने ब्यवस्था रहको थियो । तर नयाँ निर्देशन सँगै अब बैंकहरुले नउठेको ब्याज आम्दानीको आयकर र बोनस बापतको रकमलाई संचित मुनाफाबाट नियमनकारी कोषमा जम्मा गर्नु नपर्ने भएको छ । त्यस्तै गैर बैंकिङ सम्पतिमा पनि उक्त सम्पतिको आयकर र कर्मचारी बोनस भन्दा बाहेकको मात्रै संचित मुनाफबाट नियमनकारी कोषमा जम्मा गर्नु पर्ने ब्यवस्था गरेको छ ।

नेपाल फाइनान्सियले रिपोर्टिङ सिस्टम (एनएफआरएस) लागु गरेसँगै बैंकहरुले नउठेको ब्याज आदानीलाई पनि आम्दानीमा देखाउँदै आएका थिए । यसरी बैंकको कोषमा जम्मा नै नभएको रकमको बैंकहरुले आयकर तिर्दै आएका थिए अब भने उक्त बैंकको संचित कोषमा जम्मा भएपछि मात्रै आयकर तिर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । तर त्यस्तो रकम कुनै पनि समयमा प्राप्त हुनासाथ नियमनकारी कोषबाट संचित कोषमा ल्यान सकिने राष्ट्र बैंकले जनाएको छ ।

यस्तो थियो पहिलेको ब्यबस्था : 




अब लागु हुने ब्यबस्था : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved