‘साना विकास बैंकसँग मर्जरको विकल्प छैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2019 | 12:51:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका का.मु. गभर्नर चिन्तामणी सिवाकोटीले साना र क्षेत्रीय स्तरका विकास बैंकको उपयुक्त विकल्प मर्जर तथा एक्वाएर नै भएको बताएका छन् । राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोगलाई बढाउँदै लगेको र प्रविधिको प्रयोग बढाउँदा त्यसको लागत पनि बढ्ने भएकोले लगानी गर्न नसक्ने साना विकास बैंकसँग मर्जरको विकल्प नरहेको उनले बताए । 

कामना सेवा विकास बैंकको केन्द्रीय कार्यलय भवनको उद्घाटन तथा १३ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा का.मु. गभर्नर सिवाकाटीले कुनै बेला करिबब ९० वटा रहेको विकास बैंकको संख्या अहिले २५ वटा मात्रै रहेको भनदै उनले भने राष्ट्र बैंकको मर्जर नीतिलाई विकास बैंकहरुले साथ दिएको बताए । 

विकास बैंकहरुको व्यवसायको आकार पनि बढ्दै गएको उनको भनाई छ । पछिल्लो तथ्यांक अनुसार विकास बैंकहरुको कुल निक्षेप ३९० अर्ब र कर्जा ३३५ अर्ब पुगेको उनले जानकारी दिए । विकास बैंकहरुको क्यापीट एडुकेशी पनि करिब १६ प्रतिशत र शाखा संख्या १३ सय ८ वटा पुगेका छन् ।

करिब २६ अर्ब निक्षेप संकलन गरेको कामना सेवा विकास बैंकले विकास बैंकहरुले संकलन गनरेको कुल निक्षेपको करिब ७.५ प्रतिशत र २२ अर्ब कर्जा लगानी गर्दा करिब ७ प्रतिशत हिस्सा ओगटेको का.मु. गभर्नर सिवाकोटीले बताए । राष्ट्र बैंकले विकास बैंकमा पनि रिक्स वेस सुपरिवेक्षण सुरु गरेको र अवको केही दिनमा नै कामना सेवा विकास बैंकमा राष्ट्र बैंकको टोली आउने उनले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved