एनएमबी बैंकले महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन तीन महिने व्यावसायिक प्रशिक्षण सुरु गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकको मणिग्राम शाखाले महिलाहरुलाई सिलाईकटाई तालिम सुरु गरेको हो । मणिग्राममा बुधबारदेखि सुरु भएको तालिमको उदघाटन तिलोत्तमा नगरपालिका वडा नम्बर ५, ६ र ९ का वडाअध्यक्षले संयुक्त रुपमा गरेका थिए ।
एनएमबी बैंकका संस्थापक एवं समाजसेवी रोमणिप्रसाद पाठकले सीपमूलक तालिम लिएपछि व्यवहारमा त्यसको उपयोग हुनुपर्ने भन्दै व्यवसाय गर्न चाहनेलाई पैसाको अभाव नहुने बताए ।