बिजपाटी सम्बाददाता     Nov 15, 2019 | 03:55:35 PM



सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited को धुलिखेल शाखाले विद्यालयलाई कम्प्यूटर सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल  नगरपालिका ७, सञ्जीवनी बजारस्थित सञ्जीवनी  माध्यमिक विद्यालयलाई २ थान कम्प्यूटर सहयोग गरेको हो ।

धुलिखेल शाखाका शाखा प्रबन्धक दिपक ढुङ्गानाले विद्यालयका प्राचार्य लोकेन्द्र ढकाललाई कम्प्यूटर हस्तान्तरण गरे । 

बैंकले देशभर १३९ शाखा र ७५ वटा एटिम मार्फत सेवा पु¥याउँदै आएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7