शेयरधनीलाई एनआईसीले गर्‍यो यस्तो आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2019 | 04:07:33 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले शेयरधनीका लागि सूचना प्रकाशित गरेको छ । विगत वर्षहरुमा बैंकले वितरण गरेको लाभांश रकम हालसम्म बुझि लिन बाँकी शेयरधनीलेसो लाभांश रकमको पूर्जी एनआईसी एशिया क्यापिटलबाट लिई आफ्नो खातामा जम्मा गर्न भनेको छ । 

लाभांश पूर्जी लिई सकेका शेयरधनीले समेत सो पूर्जी आफ्नो बैंक खातामा जम्मा गर्न बैंकले भनेको छ । लामो समयदेखि बुझिलिन बाँकी लाभांश रकम प्रचलित ऐन कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ । 

आ.व. २०७५÷७६ मा बैंकले घोषणा गरेको लाभांश रकम सम्बन्धित शेयरधनीहरुको खातामा बैंकले जम्मा गरिसकेको तथा डिम्याट खाता नभएका शेयरधनीको मात्रै लाभांश रकम जम्मा गर्न बाँकी रहेकोले बैंकले जनाएको छ । 

बैंकले हाल ३१० शाखा, ३८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved