नबिलमा निर्वाण चौधरी सक्रिय, एनआईसीको 'पर्खाल' भत्काउने प्रयास असफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 11:56:41 AM मा प्रकाशित

laxmi  sunrise bank

बर्षौंदेखिको 'एक नम्बर' को ताज खोसीन थालेपछि नबिल बैंकका संचालक तथा मालिक निर्वाण चौधरीले संचालनमा नै प्रत्यक्षरुपमा हस्तक्षेप गर्न थालेका छन। 

सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक र निजि लगानीको दोस्रो पुस्ताको एनआईसी एसिया बैंकले धेरै सूचकमा जितेपछि आफ्नो शाख जोगाउन निर्वाण चौधरीले प्रत्यक्ष कार्यकारीकै हैसियतमा बैंकमा काम गर्न थालेको बैंक स्रोतको दाबि छ।

'निर्वाण चौधरीले बैंक संचालन तथा व्यवस्थापन जस्तो दैनिक काममा प्रत्यक्ष रुपमा भाग लिएका छन, बैंकले आफ्नो रणनीतिमा नै ठुलो फेरबदल गरेको छ' स्रोत भन्छ, 'एक नम्बरको ताज फिर्ता ल्याउन आन्तरिक र बाह्य सुधारको काम सुरु भईसकेको छ, बजारमा अब त्यसको असर देखापर्छ'। 

बैंकले बेलायतको प्राइस वाटर हाउस कुपर (पिडब्लुसी) कम्पनीको सहयोगमा बिगत ९ महिनादेखि बैंकको आन्तरिक तथा बाह्य अवसर र चुनौती तथा अन्य सूचकहरुको गहन अध्ययन गरेको र त्यसकै आधारमा नयाँ रणनीति तय गरेको छ। 

बैंकले लिएका नयाँ रणनीति अनुसार अन्य बैंक वित्तीय संस्थाबाट आन्तरिक रुपमा कर्मचारी भर्ना गर्नलाई संचालक समितिलाई मात्र दिइएको अख्तियारी अहिले बैंकको सीईओलाई दिइएको छ।  

त्यस्तै शाखा बिस्तारमा समेत आक्रामक रुपमा अगाडी बढ्ने योजना बनेको छ। अबको केहि महिनाभित्र थप ४० वटा शाखा बिस्तार गर्ने बैंकको योजना रहेको बताइएको छ।

कर्मचारी भर्नामा आक्रामक 

बैंकले अन्य बैंक वित्तीय संस्था बिशेषगरि प्रतिस्पर्धी बैंकबाट आन्तरिक रुपमा नै कर्मचारी भर्ना गर्ने रणनीति अघि सारेको छ। त्यहि योजना अन्तर्गत नबिल बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट नायव महाप्रबन्धकमा आदर्श बजागाइँलाई भित्र्याइसकेको छ। नबिलले एनआईसी एसियामा उच्च तहमा कार्यरत सन्तोष कुमार राठीको नेतृत्त्वमा आधा दर्जन कर्मचारीलाई समेत ल्याउने प्रयास गरेको थियो। तर 'पर्खाल' का रुपमा रहेका ति कर्मचारीहरुलाई एनआईसी एसियाले थप सेवा सुविधा दिएपछि एनआइसीबाट कर्मचारी ल्याउने नबिलको प्रयास असफल भएको छ।   

नबिलले अन्य बैंकमा उच्च र मध्यम ब्यवस्थापनमा कार्यरत कर्मचारी भित्र्याउन पहल गरिरहेको छ। केही महिनाभित्र नबिलमा मध्यम र उच्च ब्यवस्थापनमा एक दर्जन कर्मचारी भित्रिँदैछन्। 

नबिल बैंकको कर्मचारी युनियन बैंकका सीईओसंग असन्तुष्टि जनाएपछि त्यसलाई व्यवस्थापन गर्नलाई समेत निर्वाण चौधरी लागिपरेको बताइन्छ। त्यसैले पनि कर्मचारीका नेतालाई शाखा प्रमुख बनाएर पठाउने र बैंकभित्रको राजनीति रोक्ने रणनीतिमा उनी रहेको बताइन्छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved