'ऋण पाउन धितो राख्नै पर्ने बाध्यता अन्त्य हुन्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 06:33:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंककका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले अब धितो राखेर कर्जा दिने युगको अन्त्य हुने बताएका छन् । आइतबारदेखि राजधानीमा सुरु भएको बैंकिंङ एक्स्पोको क्रममा आयोजित बैंकिङ कर्जा र उद्येमशीलता विषयक अन्तरक्रियामा बोल्दै उनले अव विस्तारै ब्यवसाय र ब्यवसायीको पारदर्शिता तथा उसको योजनाको अधारमा कर्जा दिने युगको विकास हुने बताएका हुन् । ब्यवसायीहरु पारदर्शि बन्दै गएको अवस्थामा धितो भन्दा पनि ब्यवसायलाई हेरेर कर्जा दिनुपर्ने उनको भनाई छ ।

यस्तै उनले उपयुक्त योजनाको अभावमा सहुलियत कर्जा प्रभावकारी हुन नसकेको बताए । उनले अहिले बैंकहरुले नै ब्याजदर निर्धारण गरिरहेको र अब उत्पादनमुलक क्षेत्रले नै ब्याज निर्धारण गर्ने अवस्था आउने दाबी गरे ।अहीले नेपालमा कृषि क्षेत्रका कर्जा लगानीको अवस्था दयनीय रहेको स्वीकार गर्दै अव यसमा सुधार हुने समेत बताए ।

सत्रमा बोल्दै मुक्तिनाथ विकास बैंकका पुर्व सिईओ तथा मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरत राज ढकालले कृषि र उद्यमशीलताको विकास बाट नै समृद्धिको यात्रा सुरु गुर्नपर्ने बताए । उनले राष्ट्र र्बैंकले एकातिर स्प्रेड रेटमा कडाइ गरेको र अर्कातिर २ प्रतिशत प्रिमीयम र सेवा शुल्क बीना नै सहुलियत कर्जाको ब्यबस्था ल्याएकोले सो प्रभावकारी हुन नसको बताए। अहीलेको कार्यविधिमा बैंकहरुले सहुलियत कर्जा प्रदान गर्न बैंकहरुलाई गाह्रो भएको भन्दै बैंकहरुले सहुलियत कर्जामा सेवाशुल्क लिन पाउनु पर्ने उनले माग गरे । तर ब्याजदर भने आधार दरमा नै अथवा १ प्रतिशत मात्रै प्रिमीयम लिने ब्यवस्था गरे सहुलियत कर्जा प्रभावकारी हुने भन्दै उक्त ब्यवस्था गर्न राष्ट्र बैंकलाई आग्रह गरे ।

लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले ठुला वाणिज्य बैंकहरुले प्रदान गर्ने कृषि कर्जामा ब्याज अनुदान दिने गरेको तर लघुवित्तलाई त्यो सुबिधा नदिएको भन्दै विभेद गरेको आरोप लगाए। उनले लघुवित्तले विपन्न वर्गलाई प्रदान गर्ने सानो ५ लाख १० लाखको कर्जामा पनि ब्याज अनुदान दिन माग गरे । उनले बास्तविक कृषकलाई कृषि कर्जामा अनुदान दिने हो भने लघुवित्तबाट प्रवाह हुने कृषि कर्जामा पनि ब्याज अनुदान दिनुपर्ने बताए ।

सत्रमा ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर सुवेदीले ‘नेपाल भ्रमण वर्ष २०२०’ मा २० लाख पर्यटक भित्र्याउन सरकारले तत्काल केही कुराहरु सुधार गर्नुपर्ने सुझाव दिए । सुवेदीले अध्यागमनमा लामो समय लाग्ने गरेको भन्दै यसले पर्यटकका लागि राम्रो सन्देश नजाने बताए । उनले अध्यागमनमा लाग्ने समय कटौती गर्न अनलाईन प्रणाली लागू गर्न सरकारलाई सुझाव दिए ।

छरितो बोर्डीङ पास, पर्यटकीय गन्तव्यमा सवारी साधन पार्किङ स्थल अभावले गर्दा पनि पर्यटक भित्र्याउन समस्या रहेको उनको भनाई छ । विमानस्थलमा समयमै लगेज नपाउने समस्या, २० लाख पर्यटक धान्ने पर्यटक स्तरका होटलको समेत अपर्याप्तता रहेको सुवेदीको भनाई छ ।

पर्यटकका लागि अत्यावश्यक तर नेपालमा अभाव रहँदै आएको कुरा आन्तरिक हवाई उडानमा सिट क्षमता कम र भाषागत गाइडहरुको कमीलाई पूर्ती गर्न सरकारले तत्काल कदम चाल्नुपर्ने उनको भनाई छ । यी समस्या तत्काल सुधार गर्न सकिने भन्दै उनले सरकारले यस्ता समस्या समाधानमा चासो देखाए २० लाख पर्यटक भित्र्याउन कठिन नहुने बताए ।

जुत्ता ब्यवसायी होमनाथ उपाध्यायले सुरुको दिनमा ब्यवसायी गर्न कर्जा नै नपनउने अवस्था भएपनि अहीले त्यस्ता समस्या नरहेको बताए । यद्यपि उनले धितो नभएका साना र स्थापित भइनसकेका ब्यवसायिले ब्यवसायिक योजना हुँदा पनि कर्जा नपाउने गरेको गुनासो ब्यक्त गरे ।

राष्ट्रिय ब्यापार संघका निवर्तमान अध्यक्ष नयन बहादुर पण्डीतले आयातमा निर्भर अर्थतन्त्रमा औद्योगिक कच्चा पदार्थ देखि तयारी बस्तुसम्म आयात गर्नुपर्ने भन्दै सहज अवस्थाका कर्जा पाउने वातावरण बनाउनुपर्ने बताए । अहीलेकै अवस्थाको ब्याजदरले ब्यवसाय टिकाउन मुस्कील हुने उनको भनाई थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved