एनआईसीले बचत खातामै ९.७५ प्रतिशत ब्याज दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2019 | 05:01:14 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले सुपर चमत्कारिक मासिक निक्षेप खाता सार्वजनिक गरेको छ । यस खातामा बैंकमा खाता भएका इच्छुक सबै खातावाला तथा नयाँ खाता खोल्न चाहनेहरुले समेत सहभागी हुन सक्ने बैंकले जनाएको छ । 

थोरै रकम जम्मा गरी कुनै लगानी तथा आफ्नो आम्दानीलाई नियमित रुपमा बचत गरी बचत खाताबाटै मुद्दती खाता बराबरको प्रतिफल प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ । 

यस निक्षेप योजनामा तीन महिनादेखि १० वर्षसम्म न्यूनतम ५०० को गुणनमा निश्चित रकमबाट खाता सुचारु गर्न सकिनेछ । कुनै पनि समय आफूसँग अतिरिक्त रकम भएमा १०० को गुणन दरले ५०० भन्दा बढी रकम जम्मा गरी ९.७५ प्रतिशत व्याज पाइने बैंकले जनाएको छ । ग्राहकले कुनै महिना तोकिएको रकम बुझाउन असमर्थ भएमा अर्को महिना किस्ता बराबरको रकम कुनै अतिरिक्त शुल्कबिना नै बुझाउन सक्ने बैंकको भनाई छ । यस खातावाहकले निक्षेपको ९० प्रतिशतसम्म कर्जा पाउने जनाईएको छ । 

बैंकले हाल ३१० शाखा, ३८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग मार्फत सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved