एनआईसी एशिया भन्छ, प्राविधिक गल्ति होइन, बुझाई गलत भयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2019 | 12:32:59 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले मंगलबार जारी गरेको प्रेस बिज्ञप्तीले बैंकिंङ क्षेत्रमा तरंग ल्याएको छ। बैंकले दिउँसो साढे ४ बजे जारि गरेको प्रेस बिज्ञप्ती केहि संचार माध्यमले सार्वजनिक गरेपछि बैंकिङ क्षेत्रमा तरंग आएको हो। 

“सुपर चमत्कारिक मासिक निक्षेप खाता” योजनामा ९.७५ प्रतिशत ब्याजदर दिने स्किमको प्रेस विज्ञप्ती निकालेपछि यो बिषय सर्वत्र चाँसोको बिषय बन्यो। धेरैमा बैंकले बैंकर्स संघमा भएको भद्र सहमति बिपरित एनआईसी एशियाले महँगो ब्याजदर अफर गर्यो भन्ने बुझाई हुन गएको बैंकका  नायव प्रमुख सूचना अधिकारी अर्जुन खनियाले बिजपाटीलाई बताए। 

'हामीले बिगतदेखि नै संचालनमा रहेको “सुपर चमत्कारिक रिकरिङ्ग निक्षेप खाता” को नाम परिर्वतन मात्र गरेर “सुपर चमत्कारिक मासिक निक्षेप खाता” योजनामा ९.७५ प्रतिशत ब्याजदर दिने स्किमबारे जानकारी दियौं' खनियाले बताए, 'तर यो संदेशले बजारमा एनआईसी एशियाले बचत खातामा ९.७५ प्रतिशत ब्याजदर अफर गर्यो भन्ने पर्यो, हामीबाट प्राविधिक गल्ति भएको होइन, बुझाई गलत भयो'।

आम जनमासहरुलाई सजिलो संग बुझ्न र बुझाउन सजिलो होस भन्ने हेतुले यस योजनालाई “सुपर चमत्कारिक मासिक निक्षेप खाता” भनि नामाङ्कन गरीएको र त्यहि अनुसार संचारमाध्यमहरुमा प्रेस बिज्ञप्ती पठाईएको उनले बताए। 

बजारमा बुझाइ गलत भएको भन्ने महसुस गरेपछि आफुले बैंकर संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानालाई यस बिषयमा जानकारी गराएको खनियाले बताए। 'मिडीयामा अर्को अर्थ लाग्ने गरि समाचार आएपछि बैंकिंङ क्षेत्रमा एनआईसी एशियाले भद्र सहमति तोडेर महँगो ब्याज अफर गर्यो भन्ने पाएपछि सबै भन्दा पहिले बैंकर संघका अध्यक्षलाई यसबारे स्पष्ट पार्यौं र लगत्तै राष्ट्र बैंकलाई यसको वास्तविकता बारे बुझायौं।' 

खनियाकाअनुसार रिकरिङ्ग निक्षेप एक विशेष प्रकारको मुद्दती निक्षेप योजना हो जसमा ग्राहकले ३ महिना देखी १० वर्षसम्मको लागि आफ्नो आवश्यकता अनुशार खाता खोल्न र मुद्दती निक्षेपकै ब्याज आर्जन गर्न सक्नेछन्।

यो योजना अन्र्तराष्ट्रिय बैंकिङ्ग अभ्यासमा समेत प्रचलित एवंम पहिला देखी नै संचालनमा रहेको योजना हो। नेपालमा समेत केहि बैंकहरुले विभिन्न नाममा रिकरिङ्ग निक्षेप योजनाहरु सञ्चालन गरी निक्षेप श्रोत परिचालन गरीरहेको छन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved