जनता र ग्लोबल आईएमईको कार्ड दुवै बैंकको एटिएममा निशुल्क चलाउन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2019 | 04:36:00 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक Janata Bank Nepal Limited  र ग्लोबल आइएमई बैंक Global IME Bank Limited  बाट जारि गरिएका कार्डहरु दुबै बैंकहरुका कुनै पनि एटीएमबाट निशुल्क चलाउन सकिने भएको छ । दुवै बैंक मर्ज हुन् लागेको र मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेकोले ग्राहकको सुविधाका लागि यो सेवा सुरु गरिएको बैंकले जनाएको छ ।  

दुवै बैंकको  २०७६ मंसिर २ गते सम्पन्न साधारण सभाबाट मर्जर प्रस्ताव पारित भईसकेको छ । मर्जर पश्चात ग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट मङ्सिर भित्रै एकिकृत कारोवार सुरु हुने बैंकले जनाएको छ । 

मर्जर पश्चात बन्ने ग्लोबल आईएमइ करिव ३०० भन्दा बढी शाखा सञ्जाल, ३२०० कर्मचारी, २० लाख ग्राहक संख्या सहितको बैक बन्नेछ । मर्जर पश्चात बैंकको चुक्ता पूँजी करिव १९ अर्ब, निक्षेप रु. २ खर्ब १३ अर्ब, कर्जा रु. १ खर्ब, ९४ अर्ब पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved