राम्रा ऋणी खोज्दै बैंकहरु

विजय पराजुली

विजय पराजुली

Nov 20, 2019 | 06:20:42 PM मा प्रकाशित

laxmi  sunrise bank

लगातार ३ वर्षसम्म लगानीयोग्य तरलता अभावको सामना गरेका बैंकहरु मङ्सिर लाग्दा समेत सहज अवस्थामा देखिएका छन। गत आर्थिक बर्ष भदौ अन्त्यमा नै  लगानीयोग्य रकमको अभाव झेलेका बैंकहरु अहिले भने सहज अवस्थामा रहेको बैंकरहरुले बताएका छन। 

मङ्सिर ४ गतेको तथ्यांकअनुसार बैंकीङ प्रणलीमा अनिवार्य नगद मौजदात बाहेक ५८ अर्ब भन्दा माथि तरलता रहेको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणकर भट्ट बताउँछन् । यस्तै बैंकहरुको अन्तर बैंक ब्याजदर १.५ प्रतिशत मात्रै रहेको उनले बताए।

चालू आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार अधिकांश बैंकहरुको कर्जा तथा पुंजी निक्षेप अनुपात (सिसिडि) सहज अवस्था देखिएको छ। बिगतमा ऋणपत्र बिक्रि हुन् कठिन रहेपनि पछिल्लो समय बैंक वित्तीय संस्थाले जारि गरेको ऋणपत्र सहजै बिक्रि हुनुले पनि बजारमा पुँजी पर्याप्त रहेको देखिन्छ। 

बैंकहरुमा निक्षेप वृद्धि सामान्य रहेपनि अहिलेको अवस्थामा लगानीयोग्य रकममा बैंकहरु सहज रहनुलाई धेरै तरिकाले अर्थ्याइएको छ। केहिले ठुला परियोजनाका लागि लगानी माग नभएकाले बजारमा तरलताको अवस्था सहज रहेको बताएका छन भने केहिले आन्तरिक राजश्व विभागले कर कार्यालय र बैंकमा भिन्न भिन्न विवरण बुझाउने अभ्यासमा अंकुश लाग्ने गरि सुरु गरेको नयाँ व्यवस्थाले बैंकबाट ऋण लिनेको संख्यामा कमि आएको बैंकरहरु बताउँछन।

त्यस्तै पछिल्लो समय आयातमा कमि आउँदा एलसी खोल्नेको संख्या घटेकाले त्यसले बिदेशी मुद्रा संचित बढेकाले बैंकहरुमा तरलताको अवस्था सहज भएको बैंकर संघका एक कार्यकारी सदस्यले बताएका छन। यद्दपी अमेरिकी डलरको भाउ बढेकाले स्टिल, छड उद्योगलाई चाहिने कच्चा पदार्थ आयातमा कमि आएकोले पनि एलसी खोल्नेको संख्या कम भएको बताइन्छ। 

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार मङ्सिर ३ गतेसम्म सरकारको कुल बजेट खर्च १५ प्रतिशत रहेको छ, जसमा पुँजीगत खर्च ६।२६ प्रतिशत रहेको छ। यता सरकारले कुल लक्ष्यको २२.७५ राजश्व संकलन गरेको छ। यस्तोमा बजारको पैसा सरकारी खातामा जम्मा हुने अवस्था हुँदा समेत बैंकहरुमा तरलता अवस्था सहज हुनुलाई ऋणको माग नभएको अर्थविदहरु बताउँछन।  

यता राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. भट्ट बैंकिङ क्षेत्रमा कर्जाको माग नआउंदैमा निर्माण कार्य सुस्त भयो भन्नु गलत हुने बताउँछन। बिगत ३ बर्षमा भुकम्पपछीको पुनर्निमाणसँगै नेपालमा ठुला तारे स्तरको होटलमा ठुलो मात्रामा कर्जाको मागसँगै निमार्ण सामग्रीको आयात हुँदा कर्जाको माग बढेको उनि बताउँछन। उनकाअनुसार अहीले पुनर्निमार्ण ६० प्रतिशत माथि सम्पन्न भएको र निमार्णधिन होटलहरु पनि सम्पन्न भएको अवस्था छ । 

उनले भने, विगतको वर्षको जस्तै कर्जा माग हुने हो भने बैंकहरुले धान्न सम्भव छैन, अन्य मुलुकमा जिडिपिको ५० देखि ६० प्रतिशत निक्षेप हुन्छ भने नेपालमा ९० प्रतिशत रहेको छ। बैंकहरुको प्रथम त्रैमासको तथ्यांक हेर्दा पनि निक्षेपको भन्दा कर्जाको वृद्धिदर माथि रहेको उनको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved