एनएमबि बैंकद्वारा 'बलूनिङ्ग एण्ड रिभर्स बलूनिङ्ग' घर कर्जा सुविधा शुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2019 | 10:08:54 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited ले आफ्नो घर कर्जा सुविधा अन्तर्गत 'एनएमबि बलूनिङ्ग एण्ड रिभर्स बलूनिङ्ग योजना' शुरु गरेको छ । एनएमबि बैंकमा घर कर्जा सुविधा लिन चाहने ग्राहकले यस नयाँ योजना अन्तर्गत अब आफ्नो आवश्यकताअनुसार सम–मासिक किस्ता (इएमआई) बुझाउने विधि चयन गर्न सक्ने बैंकले जनाएको छ। 

बलूनिङ्ग सुविधाले घर कर्जा लिने ग्राहकलाई लिएको सम्पूर्ण कर्जाको साँवा पुनःभूक्तानी गर्नलाई छनौट गर्ने अवसर प्रदान गर्ने बैंकले जनाएको छ। यो सुविधाअनुसार तिर्नुपर्ने किस्ताको केही अंश सम-मासिक किस्ताबन्दीका दरले तिर्दै जाने र बाँकी हिस्सा वार्षिक रुपमा एकमुष्ठ दरले तिर्न पाइन्छ। 

अर्को, वैकल्पिक रिभर्स बलूनिङ्ग सुविधाले घर कर्जा लिने ग्राहकलाई लिएको सम्पूर्ण कर्जाको साँवा पुनःभूक्तानीमा छनौट गर्ने मौका दिन्छ, जस अनुसार ग्राहकको रोजाई र आवश्यकता बमोजिम प्रत्येक ५ देखि १० वर्षको अवधिमा मासिक किस्ता कम गर्दै लान सकिनेछ।

‘यस हितकर योजनाले ग्राहकहरुलाई उनीहरुको सुविधा र प्राथमिकतामा आाधरित रहेर कर्जा पुनःभुक्तानीमा सहजता दिलाउने उद्देश्य लिएको छ । हामी विश्वस्त छौं कि यी नयाँ योजनाहरुले बैंकद्वारा उपलब्ध गराइएको विद्यमान घर कर्जा सुविधामा ग्राहकहरुका लागि थप सुविधा प्रदान गर्नेछ ।’ बैंकद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ।

एनएमबिले हाल १६३ वटा शाखाहरु, १२८ एटिएमहरु र ५ वटा एक्स्टेन्सन काउण्टरहरुको बृहत्तर सञ्जालमार्फत् देशभर सेवा प्रदान गर्दै आइरहेको छ।


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved