कृषि विकास बैंकका शाखा प्रबन्धकसहित ८ बिरुद्द भ्रष्ट्राचार मुद्दा

३३ करोड बिगो माग
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2019 | 04:24:03 PM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक Agriculture Development Bank Limited  का तत्कालीन शाखा अधिकृत सहित ८ जना बिरुद्द भ्रष्ट्राचार मुद्दा द्यर गरेको छ  । अख्तियारले बैंकको स्वयम्भूका शाखा अधिकृत केदारप्रसाद गौतम सहित ८ जना बिरुद्द सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गौतमसमेतले २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा गैरकानूनी तबरबाट ३३ करोड ९३ लाख रकम निकाली बैंकलाई हानिनोक्सानी पुर्‍याएको आरोप लगाएको छ । गौतमले झुठा विवरण तथा नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाई जम्मा गरेको र Transfer गरेको रकम कृषि विकास बैंकका विभिन्न शाखा कार्यालयहरुबाट र अन्य विभिन्न बैंकहरुबाट ECC (Electronic Cheque Clearing) मार्फत भुक्तानी लिने, नक्कली नाम तेज बहादुर थापा खडा गरी सोही नामबाट नागरिकता तथा राहदानी बनाई नेपाल छाडी विदेश फरार हुने योजना अनुरुप भारत गई बसेको, योजनाबद्ध ढङ्गबाट पासवर्ड चोरी गरी चलाखीपूर्ण तवरले कार्यालय समयदेखि बाहेकका समयमा कार्यालयमा बसी CORE BANKING SYSTEM को दुरुपयोग गरी आफूहरुलाई गैरकानूनी लाभ पुर्‍याउने र बैंकलाई हानिनोक्सानी पुर्‍याउने कार्य गरेको आरोप लगाएको छ ।

त्यस्तै  बैंकका शाखा प्रबन्धक भरतबहादुर बानियाँले शाखा प्रबन्धकको हैसियतले आफू कार्यरत बैंकको रेमिट समेतको आर्थिक कारोबार, कर्मचारीहरुको रेखदेख र नियन्त्रण, व्यवस्थापन, अभिलेख जाँच र व्यवस्थापनसमेतको सम्पूर्ण जिम्मेवारी र दायित्व रहेकोमा सो दायित्व गम्भीरतापूर्वक वहन गर्न नसकेको अख्तियारले जनाएको छ 

अख्तियारले गौतम र बानियाँसंगबाट समान ३३ करोड ९३ लाख बिगो माग गरेको छ । त्यस्तै अख्तियारले सम्झना पोखरेल गौतम, जेनी श्रेष्ठ गौतम, सुमन भुजेल, सूर्यबहादुर लिम्बु, सन्दीप गुप्ता र कृष्णहरि थापा बिरुद्द पनि मुद्दा दायर गरेको छ   । उनीहरुसंग पनि अख्तियारले समान  ३३ करोड ९३ लाख बिगो माग गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved