नक्कली चेक प्रकरण: २ बोरा कागजपत्र फेला, यसरी बाहिर आयो घटना (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2019 | 06:38:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नक्कली चेक र हस्ताक्षर प्रयोग गरी जनता बैंकको खाताबाट लाखौ रकम निकाल्ने ६ जनालाई महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा काभ्रे पाँचखाल घर भई हाल कालीमाटी बस्ने १९ वर्षीय सुभाष श्रेष्ठ, १९ वर्षीय कुमार तामाङ, १८ वर्षीय मनिष घिमिरे र २१ वर्षीय  अञ्जन बराल छन् ।  त्यस्तै पक्राउ पर्ने अन्यमा बागलुङ गलकोट नगरपालिका घर भई काठमाडौँको बुद्धनगर बस्ने २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोक ज्यामिरेका ३० वर्षीय गोविन्द घिमिरे छन् ।

गत आइतबार जनता बैंकको नयाँ बानेश्वर, बनेपा र पनौती शाखाबाट ३ वटा चेकमार्फत १९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ । जसमध्ये १८ लाख ५० हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ । 

जनता बैङ्कका खातावाल गोपालमान राजवाहकलाई आइतबाट एक अपरिचित नम्बरबाट प्रहरी हुँ भन्दै खाता ह्याक हुन लागेको छ, मोबाइल अफ गर्नु भन्ने कल आएको र खातावालले मोबाइल अफ गरेपछी नक्कली चेकको प्रयोग गरी उक्त खाताबाट तीनपटक गरेर करिब २० लाख रुपैयाँ  निकालिएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाई छ ।

राष्ट्र बैंककाअनुसार खातावालले केही समयपछी फोन अन गर्दा आफ्ना्े खाताबाट तीनपटकमा २० लाख रुपैयाँ पैसा निकालिएको म्यासेज पाएका थिए । त्यसलगत्तै उनले फोन अफ गर्न आग्रह गर्ने व्यक्तिलाई कल फर्काउदा उसको फोन अफ भएपछि तुरुन्त प्रहरीलाई खबर गरे ।

घटना यसरी बाहिर आयो   

प्रहरी आइतबार नै अनुसन्धानमा जुटेको र त्यस बिषयमा राष्ट्र बैंकलाई खबर गरेपछि राष्ट्र बैंकका भुक्तानी ब्यवस्थापन विभागका कार्यकारी निर्देशक मार्फत उक्त विषय गभर्नरसम्म पुगेको हो। 

प्रहरीले आइतबार नै खातावालको खाता रोक्का गरी जनता बैंकलाई जानकारी गराएको राष्ट्र बैंकले जनाएको छ । प्रहरीले प्राप्त गरेको सिसिटिभी फुटेजमा उक्त समुहको एक ब्यक्ति पुन बैंकमा ५ लाखको चेक साट्नको लागि पुगेको भेटिएपछि प्रहरीले बैंकको सहयोगमा उनीहरुलाई पक्राउ गरेको हो ।  

पक्राउ पर्नेहरुबाट विभिन्न बैंकको चेकबुक, एटीएम, फोटो, डकुमेन्ट सहित करिब २ बोरा कागजपत्र फेला परेको छ ।  उनीहरुबाट जनता बैंकको ६२ थान, ज्योति विकास बैंकको १ थान, एभरेष्ट बैंकको २३ थान, माछापुच्छ्रे बैंकको १९ थान, मुक्तिनाथ विकास बैंकको ४२ थान र एनआइसी एशिया बैंकको ६८ थान चेकबुक फेला गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए । 

त्यस्तै उनीहरुको साथमा खाता खोल्न तयार रहेका फर्महरु, एनआइसी बैंकका भिषा कार्ड, विभिन्न व्यक्तिहरुको नागरिकताको फोटोकपी र फोटो समेत बरामद गरिएको छ ।

त्यस्तै केहि चेकको अर्धकट्टी मात्रै फेला परेकोले ठुलो रकम झिकेर पछी सानो सानो अन्य रकम पनि झिकेको हुन सक्ने अुनमान गरिएको निरौलाको भनाई छ । सबै कलेज पढ्दै गरेको युवाहरु भएकोले मास्टर प्लान अरु कसैका्े हुन सक्ने अनुमान गर्न सकिने निरौलाको भनाई छ । यद्यपि अनुसन्धान जारी रहेकोले अहिले नै केही भन्न नसकिने उनको भनाई छ। 'चोरीको लागि परम्परागत शैली तर बैंकिङ क्षेत्रको लागि नयाँ घटना हो' निरौलाले भने।

 

प्रविधिसँँगै केही चुनौती पनि बढ्दै जाने हुनाले सानातिनो घटना हुने तर नेपाल प्रहरीले जुन किसिमले एक्सनमा उत्रिएर चोरीको रकम बरामद गरेको छ त्यसको लागि गर्व गर्नुपर्ने भन्दै उनले भने ‘सर्वसाधारणको पैसा कँही जाँदैन सम्पूर्णको बीमा भएको हुन्छ, त्यसलै आम नागरीकलाई नडराउन उनले आग्रह गरे ।

हेर्नुहोस् भिडियोः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved