बिजपाटी सम्बाददाता     Nov 28, 2019 | 09:38:21 AM


sunrisebank ruslan

मेगा बैंक Mega Bank Nepal Limited  ले ‘आईएसओ ९००१ः२०१५ प्रमाणपत्र’ प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय संस्था युनाइटेड रजिष्ट्रार अफ सिस्टम (युआरएस)ले बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो । अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली अनुशरण गरेवापत संस्थाले बैंकलाई बुधबार प्रमाणपत्र प्रदान गरेको हो । 

आधुनिक बैंकिङ सुविधाहरु प्रदान गर्दै आएको र व्यवस्थापनमा गुणस्तर कायम गरेकोले  प्रमाणिकरणको रुपमा आइएसओ प्रमाण पत्र पाएको बैंकले जनाएको छ ।

बैंकले १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, ११२ वटा एटिएम मेसिन तथा ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्र मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7