साना तथा मझौला व्यापारीहरुलाई सिद्धार्थ बैंकको साक्षरता कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2019 | 10:28:06 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited ले  बुटवलको तिलोत्तमा नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले      यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारी र दायित्व नेपालसंगको सहकार्यमा सोमबार कार्यक्रम गरेको हो ।       

साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले कय्रकम आयोजना गरिएको बैंकले जनाएको छ। कार्यक्रममा त्यस क्षेत्रका ४५ भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी थिए । 

 बैंकले  ४ एक्स्टेन्सन् काउन्टर सहित १७३ वटा शाखा, १०१ शाखारहित बैंकिङ्ग सेवा, १९१ एटिएम र १,६०० भन्दा बढी पिओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved