बिराटनगर महानगरपालिका परिसरमा ग्लोबलको एटिएम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2019 | 06:08:03 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  ले बिराटनगर महानगरपालिका परिसरमा एटिएम सेवा सुरु गरेको छ । बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उक्त एटिएम सेवाको उद्घाटन गरेका हुन्। बैंकले बिराटनगर महानगरपालिकामा आएका ग्राहकहरुलाई लक्षित गरि उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो । 

नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या १५१ पुगेको छ । बैंकले हाल १५३ वटा शाखा, ३१ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १५१ वटा एटिएम, १९५ वटा  शाखारहित बैंकिङ्ग सेवा र विदेशस्थित ३ सम्पर्क÷प्रतिनिधि कार्यालय मार्फत  सेवा प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved