एनआईसी एशिया बैंकलाई साफाको अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2019 | 06:34:19 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited साउथ एशियन फेडरेशन अफ एकाउन्टेन्टस् अर्थात साफाले प्रदान गर्ने अवार्डबाट सम्मानित भएको छ । बैंकले साफाबाट 'बेस्ट प्रेजेन्टेड एन्नुअल रिपोर्ट अवार्ड' र 'सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभरनेन्स् डिस्क्लोजर्स'अवार्ड पाएको हो। बंगलादेशको ढाकामा आयोजित एक समारोहकाबीच बैंक शनिबार उक्त अवार्डबाट सम्मानित भएको बैंकले जनाएको छ ।

बैंकका प्रमुख वित्त अधिकृत रुपेश लुइटेलले बैंकको तर्फबाट सो अवार्ड ग्रहण गरेका थिए । यस अवार्ड प्राप्त गर्ने वित्तीय संस्थालाई संस्थागत सुशासन, वित्तीय पारदर्शिताको अभ्यास गर्ने जवाफदेही संस्थाको रुपमा लिइन्छ ।

साफा सार्क राष्ट्रहरुकोे लेखा पेशालाई नियमन गर्ने निकायहरुको छाता संगठन हो । साफाले हरेक वर्ष विभिन्न विधामा सर्वोत्कृष्ट वार्षिक प्रतिवेदन तयार गर्ने सार्क राष्ट्रहरुको विभिन्न क्षेत्रका संस्थाहरुलाई सम्मानित गर्दै आइरहेको छ । साफाले यो पुरस्कार वार्षिक लेखा प्रतिवेदनमा समावेश भएका उद्देश्य,जोखिम व्यवस्थापन, लेखा सम्बन्धि टिप्पणी, पारदर्शिता,जवाफदेहिता, संस्थागत सुशाशन, तथा अन्य डिस्क्लोजरका आधारमा मूल्यांकन गरी उत्कृष्ट छनौट भएको वार्षिक प्रतिवेदनलाई पुरस्कार दिने गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved