नेपाल बैंकर्स संघको अध्यक्षमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल निर्विरोध हुने भएका छन । उम्मेदवारी दर्ता गर्ने अन्तिम समयसम्ममा दाहालको मात्र उम्मेदवारी परेकोले उनी निर्बिरोध चयन हुने पक्का भएको हो ।
त्यस्तै संघको उपाध्यक्षमा नेपाल एसविआइ बैंकका सिइओ अनुकुल भट्नागर नै दोहोरीने निश्चित भएको छ । उपाध्यक्षमा पनि भट्नागरको मात्रै उमेद्धावारी परेको संघका प्रमुख कार्यकारी अनिल शर्माले जानकारी दिए ।
यस्तै संघका अन्य कार्यकारी सदस्यहरुमा मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँजेली, एनसिसि बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश रमेश राज अर्याल, सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुँवर र एनएमबी बैंकका सुनिल केसी चयन हुने भएका छन ।
सिभिल बैंकका गोविन्द गुरुङ र माछापुच्छ्रे बैंकका सुमन शर्माको कार्यकाल बाँकी नै रहेकोले निरन्तरता पाउँनेछन । संघको विहीबार हुने साधारण सभाले नयाँ कार्यसमितिको अनुमोदन गर्ने संघका कार्यकारी प्रमुख अनिल शर्माले बताए ।