क्रस होल्डिङ भएका बैंकहरुलाई फोर्स मजर्रमा लैजाने अर्थमन्त्रीको संकेत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2019 | 04:12:45 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा.युवराज खतिवडाले क्रस होल्डिङ भएका बैंकहरु स्वेच्छीक मर्जरमा नगए फोर्स मजर्रमा लैजाने संकेत गरेका छन । उनले परिवार र सम्बन्ध विच्छेद गरेर एक भन्दा बढी बैंक तथा वित्तीय संस्थामा कृत्रिम तवरबाट बैंकहरुको क्रस होल्डिंङ हटाउनमा लाग्न भन्दा ब्यवसायिक रुपमा जोखिम कम गर्न बैंकहरुलाई आग्रह गरेका छन ।

शुक्रबार ग्लोबल आइएमई बैंक र जनता बैंकको मर्जरपछिको एकिकृत कारेबारको उद्घाटन गर्दै अर्थमनत्री खतिवडाले धेरै बैंक तथा वित्तीय संस्थामा एक परिवारको लगानी रह्को भन्दै कागजी रुपमा सम्बन्ध टुटेपनि परिवार भनेको एउटै रुख भएको बताए । नेपाली समाजमा एउट रुख कागजी रुपमा टाढा भएपनि सामाजिक रुपमा टाढा हुन नसक्ने अर्थमन्त्रीको भनाई छ ।

एक भन्दा बढी वित्तीय संस्थामा शेयर भएकाहरुलाई स्वस्फुर्त रुपमा मर्जरमा जान आग्रह गर्दै खतिवडाले भने ‘अनुरोधलाई पालन नगर्दा, त्यसको मर्म नबुझ्दा अलिक कठिन अवस्था आउँन सक्छ, त्यो समयमा सरकार र राष्ट्र बैंकले सुन्ने दिन टाढा गइसकेको हुन्छ, त्यसैले बेलैमा विचार गर्नु होला। '

अर्थमन्त्रीको उक्त भनाई सँगै राष्ट्र बैंकको क्रस होल्डिङबाट विग मर्जर गराउने चाहनामा केही राहत हुने देखिन्छ । यसअघि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत र्बैंकहरुको विग मर्जरमा क्रस होल्डिङलाई प्राथमीकतामा राख्ने बताएको थियो । त्यसकै कार्यन्वयनको क्रममा राष्ट्र बैंकको नियमन विभागले बैंकहरुसंग १ प्रतिशत भन्दा माथि प्रमोटर शेयर भएको शेयरधनीको विवरण समेत माग गरेको थियो । तर मर्जमा जानलाई बैंकहरुलाई दबाब दिन सकिने गरी क्रस होल्डिङ फेला नपरेको भन्दै राष्ट्र बैंक यसबाट पछि हटेको थियो । तर राष्ट्र बैंककै गभर्नर समेत भइसकेको अर्थमन्त्रीले परिवारको विभिन्न सदस्यको नाममा शेयर राखेर कागजी रुपमा सम्बन्ध टुटाउँदैमा सामाजीक रुपमा सम्बन्ध नटुट्ने भन्दै गरेको आग्रह र चेतावनीलाई अर्थपूर्ण रुपमा लिन सकिन्छ । विगतका सार्वजनिक कार्यक्रमहरुमा अर्थमन्त्री खतिवडा बैंकहरुलाई स्वस्फूर्त रुपमा मर्जरमा जाँदा राम्रो हुने, तर दबाबमा मर्जर हुन नसक्ने बताउँदै आएका थिए । तर शुक्रबारको कार्यक्रमा भने उनी फरक ढंगले प्रस्तुत भएका हुन ।

उनले बैंकहरुले सेवाशुल्कको नाममा पैसा असुलिरहेको प्रति पनि असन्तुष्टि प्रकट गरे । बैंकहरुले ब्याज लिने गरेको र ब्याजमाथि थप सेवा शुल्क जायज नभएको भन्दै उनले यस विषयमा हेर्न बैंकहरुलाई आग्रह गरेका छन । उनले भने ‘बैंकहरुले 'नन फण्ड'मा मात्रै चार्ज अथवा सेवाशुल्क लिने हो 'फण्डेड' क्रियाकलापमा बैंकहरुले ब्याज लिने हुँदा त्यसको जायज पक्षलाई ख्याल गर्नुपर्छ । 'फण्डेड'मा ब्याज लिएपछि त्यसमा एडजस्ट हुने के के हो र के मा शुल्क लिने हो त्यसलाई ब्यबस्थित गर्नुपर्छ' । उनले यसको लागि भूमिका निवार्ह गर्न समेत राष्ट्र बैंकलाई आग्रह गरेका छन्।

आफु गभर्नर हुँदा यसलाई ब्यवस्थित बनाएका तर पुन बैंकहरुले छिद्र खोज्न लागेको डा. खतिवडाको भनाई छ। नियामकको उदेश्य प्रमोटरलाई नाफा खान नदिने भन्ने नभएको तर सबैलाई स्वीकार्य मात्रै नाफा कमाउनुपर्ने उनको भनाई छ । अहिलेको स्प्रेड रेट बैंकहरुलाई पर्याप्त रहेको भन्दै सेवा शुल्कको नाममा अनावश्यक पैसा असुल्ने काम बन्द गर्नुपर्ने उनको भनाई थियो । पछिल्लो समय राष्ट्र बैंकले स्प्रेड रेटमा गरको कडाइपछि बैंकिङ क्षेत्रले सेवा शुल्कको नाममा रकम असुल गरिररहेको भन्दै विभिन्न निकायमा गुनासो समेत पुगिसकेको छ ।

अर्थमन्त्री खतिवडाले कार्यक्रममा बैंकका सिइओको तलब प्रति पनि कटाक्ष गरे । सुन्दा अलि तितो हुन सक्ने तर यथार्थ कुरा बताउने भन्दै उनले भने, ‘हाम्रो बैंकिङ क्षेत्रमा आठौं तहमा काम गर्दैगर्दै सिइओ बन्यो त्यसपछि अर्को झन ठुलो बैंकमा सिइओ हुने भयो, अलि अगाडीको ५० हजार तलब २ लाख, ३ लाख, ५ लाख हुदै हे्र्दाहेर्दै १० वर्षमा १० गुणा तलब बढेर सीइओ उदय हुने भए ।'

उनले यति छिटो छिटो आम्दानी बढेर धनी हुने हो भने २÷३ वर्ष अगाडी नै समृद्ध नेपाल सुखि नेपाली भइ सक्ने भन्दै व्यंग्य समेत गरे समृद्ध बैंकर भएर मात्रै मुलुक समृद्ध हुँदैन भन्दै उनले भने ‘ब्यवसायी, बैंकका लगानीकर्ता, र निक्षेपकर्ताको समृद्धिलाई पनि ख्याल गुर्नपर्यो, सबै समृद्ध हुनसके मात्रै मुलुक समृद्ध हुने हो ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved