प्रभु बैंकको विशेष खाता, ५ लाखसम्म बिना धितो ऋण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2019 | 05:20:32 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक  Prabhu Bank Limited  ले  प्रभु स्पेशल सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ । बैंकले ब्रिटिस सरकारको सैनिक सेवामा कार्यरत तथा भुतपुर्व सैनिकहरुको लागि उक्त खाता सञ्चालनमा ल्याएको हो । गोर्खा सत्याग्रह समितिका सदस्यले यो खाता प्रयोग गर्न सक्ने छन् । 

जस अनुसार समितिका सदस्यहरुले प्रभु बैंकमा प्रभु स्पेशल सेभिङ्ग खाता खोली ब्रिटिश सरकारबाट प्राप्त गर्ने पेन्सन रकम सिधै प्रभु बैंकमा रहेको सम्बन्धित खातामा प्राप्त गर्न सक्ने छन् । प्रभु स्पेशल सेभिङ्ग खाता खोल्ने ब्रिटिश सैनिक सेवामा कार्यरत तथा भुतपुर्व ब्रिटिस गोर्खा सैनिकहरुले शुन्य मौज्दातमा यो खाता खोल्न सक्ने बैंकले जनाएको छ । बैंकले उक्त खातामा हाल वार्षिक ६.५ प्रतिशत ब्याज प्रदान गर्ने छ। 

त्यस्तै सदस्यलाई युपिआई कार्डको सेवा शुल्क (पहिलो वर्षको लागि मात्र), चेकबुक, एबिबिएस शुल्क, ब्यालेन्स सर्टिफिकेट, गुडफर पेमेण्ट शुल्क, बैंक स्टेटमेण्ट, चेक स्टप शुल्क तथा अनलाईन बैंकिङ्ग दर्ता गर्दा लाग्ने सेवा शुल्क निःशुल्क प्राप्त हुनेछ । त्यस्तै लकर सेवा बापत लाग्ने शुल्क,ड्राफ्ट, ट्राभल कार्ड तथा मोबाईल बैंकिङ्ग उपभोग गरे बापत लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ ।

 त्यस्तै पहिलो पटक पेन्सन जम्मा हुनासाथ सम्बन्धित सैनिकको ६ महिनाको पेन्सन रकम बराबर वा रु. ५ लाख रुपैयाँमध्ये जुन कम हुन्छ सो रकमसम्म व्यक्तिगत कर्जा शीर्षक अन्तर्गत विना धितो ऋण समेत पाउने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved