सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसाय गर्न ७५ लाखसम्म ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2019 | 06:04:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited ले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै “सरल एसएमई कर्जा” योजना सञ्चालनमा ल्याएकोे छ ।  साना तथा मझौला उद्यमीहरुले व्यक्तिगत ऋणदाताहरुबाट उच्च ब्याजदरमा ऋण लिनुको सट्टा बैंकबाटै सहज रूप कर्जा सुविधा प्राप्त गर्न सकुन भन्ने  उदेश्यले यो योजना ल्याएको जनाएको छ ।  बैंकले यस योजना अन्तर्गत ७५ लाखसम्म कर्जा दिने छ । 

पर्यटक, कृषि संलग्न तथा  महिला उद्यमीहरुका लागि लक्षित गरिएको यस योजनामा  चालु पूंजी र स्थायी सम्पत्तीको ८० प्रतिशत सम्म फाइनान्सिङ सुविधा प्रदान गरिने बैंकले जनाएको छ । त्यस्तै १० वर्षसम्मको आवधिक कर्जा र निःशुल्क क्रेडिट कार्ड, एसएमएस अलर्ट, इन्टरनेट बंैकिङ्ग तथा मासिक खाता विवरण उपलब्ध हुने छ ।  लकर सुविधामा वार्षिक ५० प्रतिशत छुट दिईने बैंकले जनाएको छ ।

 बैंकले हाल देशभर ४ एक्स्टेन्सन् काउन्टर सहित १७५ वटा शाखा, १०१ शाखारहित बैंकिङ्ग सेवा, १९४ एटिएम र १,६०० भन्दा बढी पिओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved