बिजपाटी सम्बाददाता     Dec 09, 2019 | 06:18:44 PM


tansen

ग्लोबल आइएमइ बैंक Global IME Bank Limited  का अध्यक्ष चन्द्र प्रसाद ढकालले अष्ट्रेलियामा बैंकको शाखा खोल्ने बताएका छन्।    सिड्नीमा आयोजित एक अन्तरक्रियामा बोल्दै उनले हाल अस्ट्रेलिया लगायत भारत , बेलायेत , मलेसिया र जापानमा सम्पर्क कार्यालय रहेको बताउदै अस्ट्रेलियामा शाखा खोल्ने तयारि सुरु भएको बताएका हुन्  । 

उनले नेपालमा लगानीको बाताबरण निकै राम्रो बन्दै गएको पनि बताएका । लगानी गर्न चाहनेलाई आफ्नो बैंक उपयुक्त सहजकर्ता हुन सक्ने उनले बताए । नेपालमा प्रदेश-प्रदेशहरु र स्थानिय सरकारहरुबीच बिकासमा प्रतिस्पर्धा पनि सुरु भएकाले लगानीका सम्भावनाहरु झन् बढेर गएको उनले बताए । आफ्नो समुहले चन्द्रागिरि केवल कार तथा रिसोर्ट जस्तै परियोजना अन्य सात राज्यमा पनि निर्माण गर्न लागेको उनको भनाइ थियो ।  उनले गैर आवाशीय नेपालीहरुको समेत लगानी निर्माण हुदै गरेको दोर्दी जलविद्युत आयोजना छिट्टै संचालनमा आउने पनि बताए । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका