चिठ्ठाको लोभ देखाएर ठगी गर्ने गिरोह पक्राउ, १८ बैंक ह्याक गरेको आशंका (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2019 | 02:19:46 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरीले विभिन्न सामाजिक संजालको प्रयोग गरी ठगि गर्ने तथा बैंक तथा वित्तीय संस्थाहरु ह्याक गर्ने गिरोहका ३ जनालाई पक्राउ गरेको छ । नेपाल बाहिर बसी फेसबुक , व्हाट्सएप, भाईबर, इमो लगायतका माध्यम प्रयोग गरी चिट्ठा परेको तथा पार्सल आएको प्रलोभन देखाई ठगी गर्ने गिरोहका ३ जनालाई प्रहरीले सार्वजनिक गरेको हो  ।

पक्राउ पर्नेमा दोलखाका ५२ बर्षिय रमेश खडका, नवलपरासीका ३७ बर्षिय बिश्रेश्वर प्रसाद तिवारि र नवलपरासी कै १९ बर्षिय सन्दिप कलवार रहेका छन् । त्यस्तै यस ठगिको मुख्य योजनाकार नाईजेरियाका पिटर हर्मन र बेलायतका स्मिथ मोरिस रहेका छन् । साथै घटनामा १० जना भारतीय नागरिक पनि संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका खड्का ठमेलमा रेस्टुरेन्ट संचालन गर्ने गरेका छन । २०१० मा नेपाल आएका पिटर उनकै रेस्टुरेन्टमा बसेका थिए । तिवारि पनि सोहि रेस्टुरेन्टका वेटर हुन् ।

मुख्य योजनाकारहरुले चिट्ठा परेको वा पार्सल आएको संदेश मोबाइलमा पठाउने र नेपालीहरुबाट रकम ठगि गरी आफ्नो देशमा पठाउने गरेको प्रहरीअनुसन्धानबाट खुलेको छ । उनीहरुले यो कार्यमा सहयोग गर्ने नेपाली एजेन्टलाई १५ देखि २० प्रतिशत कमिशन दिने गरेको पनि खुलेको छ । उनीहरुको नेपालमा ४० जना एजेन्ट रहेको देखिएको प्रहरीले जनाएको छ । 

३४ जना पिडितहरुले आफु ठगिएको उजुरी प्रहरी समक्ष दिपछि प्रहरीले यसबारे अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा हालसम्म प्रक्राउ परेकाहरुको खाताबाट १४ करोड ६७ लाख ९१ हजार शंकास्पद कारोबार देखिएको प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकरी दिएका छन्  ।

राठौरका अनुसार ठगि गर्नेहरुले १८ वटा बैंकहरु प्रयोग गरेको र उनीहरुले प्रयोग गरेको बैंक समेत ह्याक गरेको हुन् सक्ने आशंकामा थप छानविन भईरहेको छ । यो घटना र यस अघि भएको कृषि विकास बैंकको ह्याक प्रकरणमा एकै व्यक्ति देखिएकोले दुवै घटनालाई एक साथ राखेर प्रहरीले अनुसन्धान गरिरहेको राठौरले बताए ।

यी हुन् ठगि गर्ने गिरोहले प्रयोग गरेका संस्थाहरु : 

कृषि विकास बैंक, पानस रेमिट, बैंक अफ काठमाडौँ, प्रभु बैंक, मेगा बैंक, हिमालयन बैंक, सनराइज बैंक, सिटिजन बैंक, नबिल बैंक, लुम्बिनी विकास बैंक , माछापुच्छ्रे बैंक , नेपाल एसबिआई बैंक, नेपाल बंगलादेश बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक र लक्ष्मी बैंक । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved