शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक Shine Resunga Development Bank Limited ले पत्रकारिता पुरस्कार कोष स्थापना गरेको छ । राष्ट्रिय स्तरकोको विकास बैंकमा रुपान्तरण भई औपचारिक कारोबार सुरु गरेको अवसरमा बैंकले कोष स्थापना गरेको हो । जस अनुसार बैकले नेपाल पत्रकार महासंघ रुपन्देही शाखालाई कोषको लागि ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
बैंकले राष्ट्रिय स्तरको विकास बैंकको रुपमा बिहिबारबाट औपचारिक कारोबार सुरु गरेको हो । २०६५ सालमा रुपन्देही जिल्लाको बुटवलमा केन्द्रिय कार्यलय रहेर ३ जिल्ले विकास बैंकको रुपमा स्थापना भएको बैंकले ४ वटा अन्य साना विकास बैंकहरुलाई मर्जर तथा प्राप्ति गरिसकेको छ।
बैंकले स्थापना भएको ४ वर्षपछि २०६९ सालमा गुल्मी जिल्लाको रेसुङ्गा डेभलपमेन्ट बैंकलाई मर्जर गरेपछी शाइन रेसुङ्गाको नामबाट १० जिल्ले विकास बैंकको रुपमा कारोबर सुरु गरेको थियो । यस्तै बैंकले २०७३ सालमा प्युठानमा एक जिल्ले कार्यक्षेत्र रहेको गौमुखी विकास बैंकलाई पनि मर्जर गराएको थियो भने गत २०७६ असोज २७ गतेदेखि रुपन्देहीको भैरहवामा केन्द्रिय कार्यलय रहेको ३ जिल्ले पुर्णिमा विकास बैंक र बाँकेको नेपालगञ्जमा केन्द्रिय कार्यलय रहेको भागर्व विकास बैंकलाई एक्वायर गरेको थियो ।