एनआईसी एशियाले नयाँ कार्ड सिस्टम प्रयोगमा ल्याउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2019 | 02:42:02 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले कार्ड सिस्टममा एसटुएम (S2M) को सेलेक्ट सिस्टम ईएफटी (select system EFT) स्वीच प्रयोगमा ल्याउने भएको छ । बैंकले S2M (Societe Maghrebine De Monétique Ltd.)  मोरक्कोसँग उक्त स्वीच प्रविधि खरिदका लागि सम्झौता गरेको हो । सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र एसटुएम मोरक्कोका तर्फबाट उपाध्यक्ष श्री मोहम्मद अमरति रिफीले हस्ताक्षर गरेका हुन्।

यो स्वीच प्रयोगमा आएसँगै कार्डबाट हुने कारोबार छिटो, सरल र सुरक्षित हुनुका साथै स्वदेश तथा विदेशबाट कार्डबाट हुने इ कमर्श कारोबार सहज हुने बैंकले जनाएको छ ।  स्वीचको कार्यान्वयनसँगै कार्डबाट हुने भुक्तानी प्रणालीमा विद्यमान विभिन्न सुरक्षा चुनौतीको समाधान हुने विश्वास बैंकले लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved