मोबाइल बैकिंङमार्फत खाना किन्दा फुडमाण्डुमा भारी छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2019 | 05:38:11 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited र फुडमान्डुबीच डिजिटल भुक्तानी तथा छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकले फुडमान्डुबाट आफूले इच्छाईएको खानेकुरा अर्डर गर्दा कार्ड तथा मोबाइल बैकिङ्ग प्रयोग गरी भुक्तानी गर्न सक्ने भएका छन् । 

सम्झौतासँगै एनआईसी लगायत अन्य विभिन्न बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले फुडमान्डुबाट खानेकुरा अर्डर गरी क्यु आर कोडमार्फत् भुक्तानी गर्दा २५ प्रतिशत अधिकतम् ४ सयसम्म छुट प्राप्त गर्न सक्नेछन । सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र फुडमान्डुको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निदान श्रेष्ठले हस्ताक्षर गरे ।

बैंकले हाल ३१० शाखा, ४०२ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved