नेपाल राष्ट्र बैंक आफैले केहि बैंक तथा वित्तीय संस्थालाई मर्जरमा नजान सुझाव दिएको पाईएको छ । राष्ट्र बैंकले केहि बलिया विकास बैंक र फाईनान्सका संचालकलाई बोलाएर मर्जरमा नजान सुझाव दिएको पाईएको हो ।
चालू आर्थिक बर्षको बजेट मार्फतअर्थमन्त्री डा. युवराज खतिवडाले बैकहरूलाई मर्जरमा जानकाे लागि प्राेत्साहन गर्ने नीति ल्याएका थिए। सोहि अनुसार रश्र्ता बैंकले माैद्रिक नीति मार्फत मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाहरुलाई विशेष सहुलियतको प्याकेज घाेषणा गरेको थियो भने क्रस हाेल्डिङ भएका बैकलाई मर्जरमा प्राथमिकता दिने उल्लेख गरेकाे थियाे ।
यस संगै बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा जान थालेका छन् । राष्ट्र बैंकको चाहना बाणिज्य बैंकको संख्या घटाउने रहेको थियो । तर हालसम्म बाणिज्य बैंकको संख्या २८ बाट कायम भएर २७ मात्र पुगेको छ । बाणिज्य बैंकहरु एक आपसमा मर्जमा जानु भन्दा विकास बैंकलाई गाभेर ठुलो बन्ने कोशिश गरेपछि राष्ट्र बैंकमाथि विकास बैक र फाइनान्स कम्पनी मासेको आरोप लाग्न थालेको छ । यहि क्रम रहेमा विकास बैंकको अस्तित्व नै नरहने सम्भावना बढेपछि राष्ट्र बैंकले बलिया विकास बैंक र फाईनान्सका संचालकलाई बोलाएर मर्जरमा नजान सुझाव दिएको स्रोतले बताएको छ।
स्रोतका अनुसार मुक्तिनाथ लगायतका केही विकास बैकहरूलाई राष्ट्र बैंकले मर्जमा नजान सुझाव दिएको हो । तर कमजोर विकास बैंकलाई भने राष्ट्र बैंकले मर्जरमा जान निरन्तर दबाब दिइरहेको छ । एक विकास बैंकका प्रमुख कार्यकारी अधिकृतले राष्ट्र बैंकको यहि नीतिलाई लिएर अशन्तुष्टी जनाएका छन् । राष्ट्र बैककाे नीति बलियाेलाइ सहयाेग गर्ने र कमजाेरलाई दवाब दिने जस्ताे देखिएको भन्याेदै उनले अशन्तुष्टी जनाएका हुन्। उता बाणिज्य बैंकहरुलाई पनि राष्ट्र बैंकले मर्जरमा जान दबाब दिईरहेको छ। करिब आधा दर्जन बैकहरूले दबाब थेग्न नसकेर राष्ट्र बैंकलाई नै मर्जरको लागि पार्टनर खोजिदिन बैक संचालकले आग्रह गरेको स्राेतकाे दाबी छ ।
नेपालकाे अर्थतन्त्रमा वाणिज्य बैककाे संख्या धेरै भएकाेले गर्दा वित्तीय क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढेकाे भन्दै मर्जर आवश्यक रहेकोमा सरोकारवाला एकमत रहेका छन् । बैंकर्स , राष्ट्र बैक र अर्थमन्त्रालय पनि बैंकको संख्या घटाउनु पर्नेमा सराकात्मक छन् । राष्ट्र बैंक कै गभर्नर डा. चिरन्जीवी नेपाल पनि नेपामा साइबर थ्रेट बढ्दै जाँदा बैकहरूले प्रविधिमा लगानी बढाउन नसकेको पनि मर्जर सहि विकल्प रहेकाे बताउदै आएका छन् ।
गभर्नर नेपाल आफ्नै कार्यकालमा बाणिज्य बैंकको सख्या घटाएर वित्तीय स्थायित्वको क्षेत्रमा काम गरेको जस लिनको लागि पनि मर्जरलाई जोड दिएको बैकिङ क्षेत्रका जानकारहरू गर्छन । गभर्नर नेपालले लिएको पुँजी वृद्धिको नीति विकास बैक र फाइनान्काे हकमा केहि सफल भएपनि बाणिज्य बैककाे हकम असफल भएपछि त्यसलाई बिर्साउने गरी उनी मर्जरको पछाडी लागेको जानकारहरु बताउछन् ।
राष्ट्र बैंकले मर्जमा जोड दिएपनि नेपालकाे अर्थतन्त्रको लागि कुन किसिमकाे कति बैकहरू उपयुक्त हुन्छ भन्ने बारे केहि अध्ययन नै भएको छैन । यसअघि भएका ठुला मर्जरले पनि अपेक्षाकृत नतिजा नल्याएको र बाणिज्य बैंक नै मर्ज गर्दा पनि अपेक्षा अनुसारको नतिजा आउँन नसक्ने एकथरी विश्लेषकहरुको बुझाई छ ।
सोहि कारण बैकिङ क्षेत्रका जानकारहरु बैकहरूलाई स्वेच्छिक मर्जरमा जानको लागि प्रोत्साहन गर्नु पर्ने तर दबाब दिनु नहुने बताउछन् । राष्ट्र बैकले पहिले नै गल्ति गरिसकेकाे र अब त्यसलाई सुधार गर्न खाेज्दा झन् ठुलाे गल्ति गर्न नहुने उनीहरुको बुझाई छ । सुरूमा बैकहरूकाे संख्या घटाउन नै राष्ट्र बैकले पुँजि वृद्धि नीति ल्याएकाे तर हकप्रदकाे बाढी ल्याउँदा अहिले पुँजि बजारसम्म प्यारालाइज गराएको उनीहरुको आरोप छ ।