जावलाखेल युवा क्लबलाई प्रभु बैंकको प्रायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2019 | 03:18:43 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited  जावलाखेलस्थित जावलाखेल युवा क्लबको मुख्य प्रायोजक भएको छ ।  ललितपुर महानगरपालिका वडा नं १३ स्थित युवा क्लब र बैंक बिच आईतबार उक्त सम्झौता भएको हो । उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र क्लबका तर्पmबाट अध्यक्ष महेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका हुन । 

सम्झौता अनुसार बैंकले क्लबलाई दुई किस्ता गरी नगद २५ लाख उपलब्ध गराउनेछ । सो बापत क्लबको आधिकारिक बैंकका रुपमा प्रभु बैंक रहनेछ । त्यस्तै क्लबले बैंकमा आफ्नो नाममा खाता खोली सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्फत सञ्चालन गर्ने छ । क्लबको खेलकुद मैदानमा प्रभु बैंकको ब्यानर, होर्डिङ्ग बोर्ड डिस्प्ले बोर्ड लगाई बैंकले उपलब्ध गराएको विज्ञापन सामाग्रीहरु प्रचार प्रसार गर्नेछ । क्लबका सम्पूर्ण खेलाडीहरुले सहभागिता जनाउने जुनसुकै खेलहरुमा प्रभु बैंक लि. लेखेको जर्सी लगाउनेछन् । 

यस क्लबले सञ्चालन गर्ने जुनसुकै खेलकुद सम्बन्धी प्रतियोगिता तथा कार्यक्रमहरुमा बैंकको विज्ञापन प्रशारण गर्ने समझदारी पत्रमा उल्लेख छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved