अपाङ्ग बाल अस्पताललाई सिद्धार्थ बैंकको आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2019 | 05:48:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक  Siddhartha Bank Limited ले अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले अस्पताललाई दशलाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

बैंकका अध्यक्ष मनोज कुमार केडियाले उक्त संस्थाका कार्यकारी र चिकित्सा निर्देशक डा. विवेक बाँसकोटालाई सहयोग रकम प्रदान गरेका हुन् । बारा र पर्साका शारीरिक अशक्तता भएका बालबालिकाको आवश्यक शल्यक्रिया, फिजियोथेरापी तथा सहायक सामाग्री प्रदान गर्ने कार्यका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम प्रदान गरेको  बैंकले जनाएको छ । यसबाट बारा र पर्सा जिल्लाका २०० अपाङ्ग बालबालिकाको उपचारमा प्रत्यक्ष सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

बैंकको देशभर ४ एक्स्टेन्सन् काउन्टर सहित जम्मा १७५ वटा शाखा, १०१ शाखारहित बैंकिङ्ग सेवा, १९५ एीटएम र १,६०० भन्दा बढी पिओएस मेसिन रहेको छन ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved