प्राईम कमर्सियल बैंक सेलपेमा आवद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2019 | 06:06:32 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राईम कमर्सियल बैंक Prime Commercial Bank Limited  र भुक्तानी सेवा प्रदायक सेलपे बिच डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि सम्भौता भएको छ । सम्झौतामा बैंकका उप महाप्रबन्धक भाई राजा तुलाधार र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले सेलपेमा आफ्नो खाता आवद्ध गर्ने वित्तिकै रु. १०० को मोबाइल रिचार्ज पाउने छन् भने सेलपे मार्फत बिलहरुको भुक्तानी गर्दा आकर्षक लोयाल्टी पोईन्ट पनि पाउने भएका छन ।

सेलपे, सेलकम प्रा. लि. द्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो। यसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाता मार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved