सनराइज बैंकको ऋणपत्र पूर्ण बिक्रि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2019 | 07:13:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले जारी गरेको ऋणपत्र पूर्ण रुपमा बिक्रि भएको छ । बैंकले निष्काशन गरेको सात वर्ष अवधि रहेको ३ अर्ब रकम बराबरको ऋणपत्र बिक्रि खुला भएको ४ दिन मै  पूर्ण रुपमा बिक्रि भएको बैंकले जनाएको छ 

बैंकले कार्तिक २० गतेदेखि ऋणपत्र निष्कासन गरेकोमा छिटोमा कार्तिक २४ गते र ढिलोमा मंसिर १९ गते सम्म आवेदन दिन सकिने जनाएको थियो । कार्तिक २४ गते सम्ममा नै ऋणपत्र पूर्ण बिक्रि भएको बैंकले जनाएको छ । 

सर्वसाधारणको तर्फ  ४ लाख ५३ हजार ८२९ कित्ता र परिपत्र विधिको तर्फ २५ लाख ४६ हजार १ सय ७१ कित्ता बिक्रि भएको बैंकले जनाएको छ । ऋणपत्रको बाडफाँड मंसिर २७ गते शुक्रबार गरेको थियो ।  

अघिल्लो आर्थिक वर्षमा पनि बैंकले १ अर्ब रुपैंया बराबरको ऋणपत्र पूर्ण रुपमा बिक्रि गरेको थियो । यससंगै नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार प्राथमिक पुजींको २५ प्रतिशत ऋणपत्र निष्कासन गर्नुपर्ने व्यवस्था बैंकले पूरा गरेको छ ।

बैकले १२७ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर, १४७ वटा ए.टि.एम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved