कोशी अस्पतालमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2019 | 12:51:49 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक @Prabhu ले कोशी अस्पतालमा काउन्टर संचालनमा ल्याएको छ। बैंकले यहि मङ्सिर ३० देखि अस्पतालमा आफ्नो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो।  

मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका वडा नं. ०७ स्थित कोशी अस्पतालमा सञ्चालनमा आएको काउन्टरको अस्पतालका प्रमुख सुपरीटेन्डेन्ट डा.  गुणराज लोहनीले उद्घाटन गरे। 

एक्स्टेन्सन काउण्टरबाट सार्वजनिक विदाको दिन बाहेक विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा कोशी अस्पतालमामा आउने सम्पुर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ । उपचारको सिलसिलामा कोशी अस्पतालमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्नपाउने छन् । 

यस एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् अस्पतालको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्फत हुने भई प्रशासनिक सहजता प्राप्त हुने बैंकले बिश्वास लिएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved