एनआईसी एशिया बैंक लिमिटेड NIC Asia Bank Limited ले चमत्कारिक बचत खाता योजना अन्तर्गत १८ प्रकारका घातक रोग लागेकालाई वीमा रकम प्रदान गर्ने सुविधा अन्तर्गत अर्घाखाँचीका बुद्धि राम भुसाललाई बीमा रकम वापतको चेक हस्तान्तरण गरेको छ।
चमत्कारिक बचत (डाइमण्ड) खातावाल अर्घाखाँची, अर्घा गाविस वडा नं २ निवासी बुद्धि राम भुसालका छोरा मनोज भुसाललाई बैंकको केन्द्रीय कार्यालय थापाथलीमा आयोजित एक समारोहका बीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले चेक हस्तान्तरण गरे।
आम सर्वसाधारणले विभिन्न घातक रोगहरुको उपचारका लागि उठाउनुपर्ने आर्थिक भार वहन गर्न सघाउ पुर्याउने हेतुले बैंकले विभिन्न निक्षेप खाताहरु खोल्दा नै विभिन्न घातक रोगहरुको बीमा सुविधा लगायत अन्य विभिन्न सुविधाहरु प्रदान गर्दै आएको बैंकले जनाएको छ।
बैंकले हाल आफ्ना देशभरका ३११ शाखा कार्यालयहरु, ४०४ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।