सानिमा बैंकले घर बनाउने लाग्ने पुरै खर्च ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2019 | 07:13:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited  ले “सानिमा प्रथम घर कर्जा” योजना ल्याएको छ । यो सुविधा अन्तर्गत बैंकले आवासीय घर बनाउन लाग्ने निर्माण खर्चको अधिकतम १०० प्रतिशत सम्म कर्जा उपलब्ध गराउने छ । 

बैंकले ऋणीका लागि अधिकतम लगानी, अधिकतम कर्जा अवधि, सुलभ ब्याजदर तथा कर्जा सेवा शुल्कमा भारी छुटसुविधा प्रदान गर्ने जनाएको छ । साथै ऋणीलाई बजारमा हुने उतार चढावबाट सुरक्षित गर्न कर्जा प्रवाह गर्दा निर्धारित ब्याजदर कर्जा अवधिको सुरुवाती समयको लागि यथावत् राखिने बैंकले जनाएको छ ।

सानिमा बैंकको हाल ७९ वटा शाखाहरु, १ एक्सटेन्सन काउन्टर तथा ७५ वटा ए.टि.एम रहका  छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved